१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मत लिने तयारी

मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मत लिने तयारी
अ अ+ अ-

विराटनगर । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको प्रदेश १ को प्रदेशसभा बैठक आज (शुक्रबार) दिउँसो बस्दैछ । 

प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक दिउँसो १ बजे बस्न लागेको हो ।  

मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस हुने बताइएको छ । 

उक्त प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता भएको थियो । 

दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्रीले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस भएपछि छलफलको प्रक्रिया सुरु हुनेछ । 

छलफलपछि विश्वासको मतका लागि मतदानको मिति तय गरिनेछ । स्रोतका अनुसार सभामुख भने मतदाताको मिति केही पर सार्ने तयारीमा रहेको बताइएको छ । 

विपक्षी गठबन्धनले भने आजै मतदान हुनुपर्ने अडान राखेको छ । नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । पार्टी विभाजनअघि एमालेसँग ५१ सांसद थिए । 

९२ सदस्यीय प्रदेशसभामा एमालेसँग अहिले ४१ जना मात्रै सांसद छन् । संसदमा बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन्। मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउन नसकेमा प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । 

यद्यपि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने भनिएको प्रदेशसभा बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । सभामुख प्रदीपकुमार भण्डारीले बिहान साढे १० बजेका लागि बैठक बोलाएका थिए ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्ने रणनीतिअनुरूप सभामुखले बैठक नराखेको विपक्षी दलहरुको आरोप छ ।