१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

एमाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने तयारीमा छः अध्यक्ष ओली

एमाले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने तयारीमा छः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रदेखि वडासम्म सर्वसम्मत बनाउने बताएका छन् । 

पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’को आफ्नो पार्टी र माधवकुमार नेपालले फरक ढङ्गले अलग भएपछि एमाले पार्टी नयाँ ढङ्गले अगाडि बढेको बताए । उनले भने, “पार्टीभित्र अब ठूला समस्या रहेका छैनन् । यो खुशीको कुरा हो ।”

अध्यक्ष ओलीले विगत डेढ वर्षदेखि पार्टीभित्र अत्यन्त गम्भीर समस्या देखिएको उल्लेख गर्दै पार्टीबाट केही समूह अलग भएपछि अहिले ती समस्या आफैँ समाधान भएको बताए । “पार्टीमा केही समयअगाडि देखि आन्तरिक विषयलाई बाहिर लगेर छर्ने र विरोधीलाई उत्साहित बनाउने काम भइरहेको थियो,” उनले भने, “हामीले प्राप्त गरेको लोकतन्त्र र संविधानको रक्षा तथा विकासका प्रयासमा व्यवधान पुर्याउने, देशलाई गम्भीर घाटा र प्रतिगमनमा सहयोग पु¥याउने काम भएको थियो । तर पार्टीबाट केही मानिस छोडेर अलग पार्टी बनाएपछि अब पार्टी एक ढिक्का भएको छ ।”

अध्यक्ष ओलीले पार्टीविरुद्धको आन्तरिक र बाह्य साँठगाँठले पार्टी सरकारबाट बाहिरिनु परेको उल्लेख गर्दै प्रथम विधान महाधिवेशनले राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरेपछि पार्टीलाई थप उर्जा प्राप्त भएको बताए । उनले बाढी पहिरामा परेकालाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दै बालीनाली नोक्सानले किसानको जनजीवनमा असहजता पैदा भएको र घाइतेको उपचारमा ढिलासुस्ती नगरी जनतालाई राहत सुविधा पु¥याउन सरकारको ध्यानाकर्षण गराए । 

वडा कमिटी आधारभूत कमिटी भएको र जननिर्वाचित प्रतिनिधिको कार्यथलोका रुपमा रहेको बताउँदै उनले जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भएकाले वडा कमिटीको बेग्लै महत्व रहेको उल्लेख गरे । “वडा कमिटी नेतृत्व विकास, कार्यदक्षता र समावेशी सन्दर्भमा यी अधिवेशनको विशेष महत्व रहेको छ,” उनले भने । 

अध्यक्ष ओलीले एमालेले विचार, व्यवहार र आचारणको हिसाबले देशलाई मार्गदर्शन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले समृद्धि नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने हिसाबले नमूनाका रुपमा पार्टी अगाडि बढ्नुपर्ने बताए । “लोकतन्त्र भनेको कस्तो हुन्छ र कसरी अभ्यास गर्नुपर्दछ”, उनले भने, “सत्ता र प्रतिपक्षको भूमिका, राजनीतिक दल र तिनका जनवर्गीय सङ्गठनको भूमिका कस्तो हुनुपर्दछ । राज्य र राज्यको अङ्गको भूमिका कस्तो हुनुपर्दछ । त्यसले लोकतन्त्रको सही व्यख्याका साथ अगाडि बढउनुपर्दछ ।”

अध्यक्ष ओलीले पार्टीले स्वच्छता र पारदर्शिता जस्ता कुरा अँगाल्नुपर्नेमा जोड दिदैं एमालेले लोकतन्त्रलाई भन्ने कुरा र अपनाउने कुरालाई फरक नमान्ने बताए । “हामी लोकतन्त्रलाई अर्कै स्वच्छचारिता मान्दैनौँ”, उनले भने, “लोकतन्त्र विधि र कानुनको शासन हो । त्यो विधि र रीति पु¥याउने कुरा जीवन्त ढङ्गले पालना गर्नुपर्दछ ।” उनले लोकतान्त्रिक प्रणालीमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताए । “प्रतिस्पर्धा अस्वच्छ होइन, स्वच्छ हुनुपर्दछ । जालझेल कपट होइन ।  राज्यका अङ्गको अनुचित दुरुपयोग गरेर होइन,” उनले भने, “सबैको सदुपयोग गरेर मात्र लोकतन्त्रको मूल्यमान्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्दछ ।”     

अध्यक्ष ओलीले चारैतिरबाट पार्टीको उद्देश्य र आन्दोलनलाई हमला भइरहेको र त्यसको प्रवाह राष्ट्रको समुन्नत उज्ज्वल भविष्यमाथि परिरहेको उल्लेख गर्दै छलकपटपूर्ण हमला बाबजुद पनि सबै ठाउँमा पार्टी मजबुद रहेको दाबी गरे । “हामी संसद् र एउटा प्रदेशबाहेक अरूभन्दा ठूलो शक्तिमा छौँ । स्थानीय तहमा पनि ठूलो नै छौँ । हाम्रो गणना एक नम्बरमा नै हो । राजनीतिक, वैचारिक ढङ्गले हामी देशको ठूलो पार्टी हौ”, उनले भने ।  अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउने तयारीमा रहेको बताए ।  

एमालेले राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज देशभरि करिब ६ हजार ५०० वडामा वडा कमिटी अधिवेशन गर्दैछ । यस्तै यही कात्तिक ९ गते स्थानीय तहको अधिवेशन गरिने कार्यतालिका रहेको छ ।