९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः सभामुखद्वारा सर्वदलीय बैठक आह्वान



अ+ अ-

काठमाडौं ।  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

नेपाली कांग्रेस र नेकपा एमालेले आज बस्ने प्रदेशसभा बैठक स्थगित गर्न पत्र लेखेपछि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन् ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ भने एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भन्दै बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गर्न माग गरेको छ ।

यद्यपि नेपाली कांग्रेसले आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको बताइएको छ ।