२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोध प्रदर्शनमा सहभागी हुन एनआरएन युकेको आग्रह



अ+ अ-
लन्डन-एनआरएन युकेले मिडिलइष्टका नेपाली मजदूरहरुका पक्षमा आवाज मुखरित गर्न लन्डनमा रहेको कतारी दूतावासमा हुन लागेको विरोध प्रदर्शनमा सघाउने भएको छ । एनआरएन युकेका अध्यक्ष महेन्द्र कडेलले कतारलगायतका खाडी देशहरुमा काम गरिरहेका नेपालीहरुको आत्मसम्मान, समानता र सुरक्षित काम गर्ने वातावरणका पक्षमा आवाज उठाउन कतारी दूतावासमा विरोध प्रर्दशनमा एनआरए युकेले सघाउने बताए ।

उनले त्यसमा साथ दिनका लागि बेलायतमा रहेका सबै नेपालीलाई समेत आग्रह गरेका छन् ।  यसले मिडिलइष्टमा रहेका समग्र कामदारको पक्षमा सहयोग पुग्ने भन्दै बेलायतवासी सबै नेपाली लन्डनस्थित कतारी दूतावासमा हुने विरोध प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरेका हुन् ।
अक्टोबर १२ मा  मिडिलइष्टमा नेपाली कामदारहरुका बारेमा आवाज उठाउन कतारी दूतावासमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । उक्त विरोध प्रदर्शनले मिडिलइष्टमा देशहरुले नेपालीहरुको पक्षमा काम गर्न दबाब पर्ने विश्वास पनि एनआरएन युकेले गरेकेा छ ।