२ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावपछि पनि माओवादीकै प्रचारमा मौसमी



अ+ अ-

सिड्नी/ नेपाली नायिका मौसमी मल्ल अष्ट्रेलियामा पुगेर आफुले अभिनय गरेको चलचित्र कुण्ठाको प्रमोशन सँगै एकीकृत माओवादीको प्रचारमा पनि ब्यस्त देखिएकी छन् । अष्ट्रेलियाको सिड्नीमा ब्यस्त मल्लले एक कार्यक्रममा नेपाली क्रान्तिको विकल्प एकीकृत माओवादी मात्रै भएको बताएकी छन् ।

रेडियो जनादेशले सिड्नीमा गरेको रात्रीभोजमा सहभागी उनले आफु मल्ल ठकुरीको छोरी भए पनि शोशण र दमन विरुद्ध एकीकृत माओवादी लागेकाले एकीकृत माओवादी मन परेको बताइन ।

मौसमीले एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभामा अनपेक्षित पराजय बहोरेकोमा आफुलाई दुःख लागेको अनलाइनचौतारी लाई  बताइन । साथै  उनले कलाकारहरुले भोट हाल्न भए जस्तै आफ्नो मतलाई खुलमखुला गर्न समेत सक्नुपर्ने धारणा राखिन् ।
अहिलेको अवस्थामा एकीकृत माओवादी संविधानसभामा पराजित भए पनि उसका मुद्धाले भने जितेको मल्लको भनाइ छ ।


तीन दशक नेपाली चलचित्रमा विताएकी मौसमीले एकीकृत माओवादी नेतृत्वको सरकारको पालामा नै कला क्षेत्रमा धेरै काम भएको बताइन् ।




भर्खरै