४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनकविकेशरीलाई लेखनाथ पुरस्कार

जनकविकेशरीलाई लेखनाथ पुरस्कार
अ+ अ-

 

काठमाडौँ, १६ पुस ।

जनकविकेशरी धर्मराज थापा ‘लेखनाथ साहित्य पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको एक सय ३० औं जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्द्वारा  आयोजित कार्यक्रममा राष्ट्रकवि तथा परिषद्का अध्यक्ष माधवप्रसाद घिमिरेले सो पुरस्कार प्रदान गरेका थिए । रु पचास हजार राशिको सो पुरस्कार लेखनाथ साहित्य प्रतिष्ठान, कास्कीले लेखनाथ जयन्तीका अवसरमा प्रदान गर्दै आएको छ ।

जनकविकेशरीको स्वास्थ्यस्थिति राम्रो नभएका कारण राजधानीमै पुरस्कार प्रदान गरिएको हो । सोही कार्यक्रममा शुक्ला साहित्य समिति, पोखराले जनकविकेशरीलाई दोसल्ला ओढाएर अभिनन्दन गरेको थियो । पञ्चानब्बे वर्षीय राष्ट्रकवि घिमिरेले ९३ वर्षीय जनकविकेशरी थापालाई सम्मान गर्दै अङ्कमाल गरेर पुरानो हार्दिक दौंत्यारीको स्मरण गराएका थिए । धेरै बोल्न नसक्ने अवस्थामा रहनुभएका थापाले प्रसन्न मुद्राबाट आफ्नो प्रतिक्रिया व्यक्त गरेका  थिए ।

कार्यक्रममा परिषद्ले स्थापना गरेको रु १५ हजार राशिको ‘लेखनाथ प्रतिभा पुरस्कार’ २०६८ सालको त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा नेपाली विषयमा सर्वाेत्कृष्ट नतिजा ७१ दशमलव ५ प्रतिशत अङ्क ल्याउने गोकुल पोखरेललाई प्रदान गरियो । कविशिरोमणिका छोरी कुन्तीदेवी भट्टराईको रु एक लाख अक्षय कोषबाट स्थापित सो पुरस्कार सो विषयमा उत्कृष्ट हुनेलाई प्रदान गरिन्छ । कोषको राशि हाल रु तीन लाख छ ।

राष्ट्रकवि घिमिरेले ‘तरूण तपसी’ कृतिका स्रष्टा पौड्यालको जन्मजयन्तीमा ‘हरियो डाँडामाथि, हलो जोत्ने साथी…’ जस्ता चर्चित गीतका स्रष्टा थापालाई पुरस्कृत गर्न पाउनु आफ्ना लागि गर्वको विषय रहेको बताए । उनले थापाको स्वास्थ्य लाभको कामना पनि गरे । थापा केही समय अस्पताल भर्ना भई हाल अरूको सहायतामा सामान्य हिँडडुल गर्दै आएका छन् । शिक्षा परिषद्का सदस्यसचिव रमा शर्माले सडक विस्तारका क्रममा सोह्रखुट्टेस्थित परिषद्को कार्यालयको विद्यमान भौतिक स्वरूप अर्काे वर्षको लेखनाथ जयन्तीमा देख्न सकिन्न भन्दै चिन्ता व्यक्त गरे । उनले सम्बन्धित निकायमा आफूहरूले आग्रह गरे पनि ‘तरूण तपसी चौतारो’ र पौड्यालको ‘हीरक जयन्ती स्तम्भ’ मासिने भएको बताउनुभयो ।कविशिरोमणि पौड्यालको चाहनाअनुसार विसं २००८ मा परिषद्को स्थापना भएको थियो ।  कार्यक्रममा कवि श्रीहरि फुयाँलले ‘तरूण तपसी’ बाट कविताको अंश वाचन  गरेका   थिए ।