३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा नेपाली कला र संस्कृतिको रौनक



अ+ अ-

सिड्नी, ३१ डिसेम्बर । अष्ट्रेलियाको सिड्नीमा नेपालको कला संस्कृतिले रौनक ल्याएको छ । चिनारी नेपालको आयोजनामा भएको नेपालको कला र संस्कृतिको प्रदर्शनीले सिड्नीमा रौनकता ल्याएको हो । प्रदर्शनीको अवलोकन गर्न नेपालीहरु उत्साहजनक ढंगले सहभागी भएका थिए ।


सिड्नीमा रहेको अर्बन स्कोर स्पोर्टर्स क्लबमा भएको प्रदर्शनीमा नेपालको कला र संस्कृति झल्कीने चित्रकला, फोटाहरु, ट्याटु, हस्तकलाका सामाग्रीहरु, राखिएको थियो ।


नेपाली कला र संस्कृतिलाई विदेशी भूमीमा चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको चिनारी नेपालका संस्थापक अध्यक्ष गंगाबहादुर नेमकुलले जानकारी दिए ।


चार दिन सम्म चलेको प्रदर्शनीको नेपाली राजदुत रुद्रकुमार नेपालले उद्घाटन गरेका थिए ।