• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

दबाबमूलक कविता ‘संविधान बनाऊ’



साहित्य सन्ध्याको ३४३ औँ कार्यक्रमअन्तर्गत शनिबारको कविगोष्ठीमा कविहरुले ‘संविधान बनाऊ’ भन्ने दबाबमूलक कविता पाठ गरे । गोष्ठीमा रामप्रसाद प्रदीप, पूर्ण विराम, अतृप्त पाण्डेय, आनन्दराम पौडेल, कणाद महर्षि, जगन्नाथ आचार्य, ब्रह्मप्रिय प्रेमस्वरूप, पुनाराम गिरी, गोपालकुमार मैनाली, मुकुन्द न्यौपाने, डिल्लीराज अर्याल, गणेश मार्मिक, रामचन्द्र खतिवडा, नारायण निराशी, चेतनाथ धमला, वैरागी जेठा, गोविन्दप्रसाद आचार्य, जयन्ता पोखरेल, नवराज श्रेष्ठ, इन्दु अंशु, गोपाल नेपाल, प्रदीपरत्न शाक्य, रमेश पाल्पाली, स्मीता, रामचन्द्र दाहाल, डिल्लीप्रसाद मूलतिहुन, भारद्वाज मित्र, कालिकोटे अनिश, उर्मिला पन्त पाण्डेय, ऋचा, जेके सायब जारा, अनुप जोशी, पीताम्बर भण्डारी, सुदेश सत्याल, निर्भीक राई, अशोक सुवेदी, गोमादेवी कटुवाल, रश्मि रिमाल, अतीन्द्र दाहाल, र एसपी चौलागाईँलगायत ४३ जनाले आआफ्ना कविता, गीत र गजल प्रस्तुत गरे ।

वाचित सिर्जनामाथि टिप्पणी गर्दै शीतल गिरीले सबै रचनाले नेपाली समाजमा देखिएका वर्तमानका बेथितिप्रति प्रहार गरेका, केही रचनामा आञ्चलिकतासमेत आएको, गणितीय सूत्रका सूत्रात्मक कवितासमेत वाचन भएको, प्रायः कविता उत्कृष्ट रहेका तर वाचन वैशिष्ट्य भने थोरै कविमा मात्र देखिएकाले त्यस पाटामा निकै धेरै ध्यान दिनुपर्ने बताए ।

सन्ध्याका कावा अध्यक्ष रमेश पोखरेलले संविधान निर्माणका लागि दबाब दिन सडक कविता गोष्ठी नै गर्ने योजना बनाइएको जानकारी दिए । सन्ध्याका सदस्य प्रशान्त खरेलले मुलुकको निकासका लागि अत्यावश्यक रहेको संविधान जारी होला भन्ने जनअपेक्षा पूरा हुने सम्भावना नदेखिएको र नेताहरू आआफ्ना स्वार्थमा नै रुमल्लिएको बताउँदै स्रष्टाहरूले सिर्जनाका माध्यमबाट दबाब दिनुपर्ने आवश्यकता बोध गरी विशेषगोष्ठी आयोजना गरिएको जानकारी दिए ।