२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल क्यानडा परामर्श बैठक क्यानडामा



अ+ अ-

काठमाडौं, असोज १९ गते । नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको बैठक क्यानडाको ओट्टावास्थित विदेश मामिला, व्यापार तथा विकास विभागमा बिहीबार बस्यो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकर दास बैरागीले गर्नुभएको थियो । क्यानडाका तर्फबाट विश्व मामिलासम्बन्धी सहायक विदेशमन्त्री डा. डोनाल्ड बोबियासले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

दुवै पक्षबीच नेपाल र क्यानडाबीचको द्विपक्षीय सम्बन्धको पछिल्लो अवस्थाका बारेमा समीक्षा गरिएको क्यानडास्थित नेपाली राजदूतावासले जनाएको छ । बैठकमा व्यापार, लगानी, पर्यटन, कृषि, आप्रवासन, शिक्षा, जलवायू परिवर्तन, प्रविधि हस्तान्तरण तथा भिसा र कन्सुलर सेवा समेतका विविध क्षेत्रमा सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा नेपाली प्रतिनिधिमण्डलले नेपाल सरकारका विकास प्राथमिकताका क्षेत्रका बारेमा जानकारी गराएको थियो । जवाफमा क्यानेडेली प्रतिनिधिमण्डलले आर्थिक साझेदारीमा बढोत्तरीका साथै नेपालको विकास प्रयासमा सहयोग गर्न तत्पर रहेको जनाएको थियो ।
बैठकमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल, सहसचिव घनश्याम भण्डारी, दूतावासका काउन्सिलर प्रकाश अधिकारी लगायतको सहभागिता थियो ।

यही सेप्टेम्बर २४, २०१८ मा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच न्यूयोर्कमा द्वीपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

संयन्त्रको अर्को बैठक काठमाडौंमा बस्ने दूतावासले जनाएको छ ।