५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकी हेलीद्वारा राजिनामा



अ+ अ-
 

वासिङटन – संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिनुभएकी हेली र ट्रम्पबीच स्थानीय समय अनुसार १०ः३० बजे राष्ट्रपतिको कार्यालय ओभल हाउसमा भेट हुने कार्यक्रम छ ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीको राजीनामाबारे केही नबताइकनै मेरो साथी निकी हेलीका विषयमा ठूलो घोषणा गर्न लागेको आफ्नो ट्वीटर पेजमा उल्लेख गर्नुभएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएन, फक्स न्यूज तथा द न्यूयोर्क टाइम्समा राजिनामाबारे समाचार प्रशारण भएका छन् तर उहाँको राजिनामा आउनुको कारणबारे भने कसैले उल्लेख गरेका छैनन् ।