२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा २३ को मृत्यु, २० घाइते



अ+ अ-

फाराह, अफगानिस्तान, ३ मङ्सिरः अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरु मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार बताउनुभयो ।

प्रवक्ता मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरुले खाक ए सफिद जिल्लामा आइतबार बिहान तालिबान लडाकूहरुविरुद्ध जवाफी आक्रमणपछि २३ जनाको शव भेटिएको जानकारी दिनुभयो ।

उहाँले भीडन्तमा परी अरु २० जना लडाकू घाइते भएको र २५ जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिनुभयो ।

घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

अहिले घटना भएको ठाउँमा तालिवान लडाकूहरुले प्रहरीचौकीमा आक्रमण गर्दा भएको भीडन्तमा परी केही दिन अगाडी ७० जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

पछिल्लो समयमा अफगानिस्तानको रक्षा मन्त्रालयले सरकार विरोधी लडाकूहरुविरुद्धको कारबाहीलाई बढाउदै लगेको छ । सिन्ह्वा