७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

लोक नाटक लिलामे माइलो मञ्चन शुरु

लोक नाटक लिलामे माइलो मञ्चन शुरु
अ+ अ-

काठमाडौँ, १४ मङ्सिरः लोक नाटक लिलामे माइलो आजदेखि मञ्चन शुरु भएको छ । नयाँ बानेश्वरस्थित कुञ्ज थिएटरमा नाटक आगामी पुस ७ गतेसम्म लाग्नेछ । नाटक हरेक दिन ४ः३० बजे तथा शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लाग्ने छ ।

कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकको कथा÷निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचाले गर्नुभएको छ ।

नाटकमा कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्पराज अवस्थी, विजय नेपाल, वीरेन्द्र खाती, अलविना न्यौपाने, मनोज थापामगर, सन्जिव राई, नमस्ते दिवाकर घिमिरे, विपना थापा, वीरेन्द्र खाती, शिला रानामगर, सचिन मल्ल, सङ्गीता थापा, सुनिल तामाङ, ललित मगर, चक्र विष्ट, पारुहाङ्ग राई रहेका छन् भने प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रालिको रहको छ ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिनको लागि नाटकको कलाकारसहितका टोली एक हप्तासम्म मोरङको लेटाङस्थित राजारानी ताल आसपास गएको थियो ।

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोगसहित, नाटकको माध्यमबाट पूर्वी नेपालका आदिवासी जनजातिमध्येका मगर जातिको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नुको साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी ताललाई पनि प्रवद्र्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताउनुभयो ।

नाटक मञ्चनबाट सङ्कलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता गौतमले जानकारी दिनुभयो ।