४ असार २०८३, बिहीबार
,
Latest
सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिरिइन् श्रृंखला, टप ३० मा पुग्ने सम्भावना बाँकी नै



अ+ अ-

१६ मंसिर, काठमाडौं – श्रृंखला खतिवडा हेड टु हेड प्रतिश्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी छिन् । सिंगापुरकी भानेसा पेहरेले उनलाई पारिजत गरेकी हुन् । भेनेसाले श्रृंखलालाई पछि पारेकी हुन् । उता श्रृंखलाको भने टप ३० मा पुग्ने सम्भावना भने जिवीतै छ ।

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यसमा जितेको भए श्रृंखला टप ३० मा पुग्न सक्थिन् । यो मौका उनले गुमाएकी छन् ।हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन दिनुपर्ने हुन्छ । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् । उनी सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि बताएकी छन् ।

‘९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ । भविष्यको योजना केही प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो मैले त्यसमै फोकस गर्न खोजेँ । भिडियो हेरेर मैले महसुस गरिसकेँ । सिंगापुरले डिजर्भ गरेको थियो,’ उनले भनेकी छन्, ‘मेरो बीचमा एक-दुई लाइन भन्न छुटेको रहेछ । सायद त्यो भएर कनेक्ट हुन सकेन । मैले आफैंले यूट्यूबमा भिडियो हेदा पनि कनेक्टेड फिल भएन ।’

उनले यो हारबाट दुखित भएको बताएकी छन् । भावुक बन्दै उनले भनेकी छन्, ‘यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्ने मात्रै सोच्न आउँछ । नेपाल आएर धेरै काम गर्न आउँछ ।’

हेड टु हेडको प्रिजेन्टेसनमा तीन जना निर्णायकहरु थिए । तीनै जनाले सिंगापुरकी प्रतियोगिलाई चुनेका थिए । भारतकी सुन्दरी अनुकृती भास म्यानमारकी सुन्दरीलाई पछि पार्दै टप ३० मा प्रवेश गरेकी छन् ।




भर्खरै