२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक – राष्ट्रपति मून



अ+ अ-

सियोल ।  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढङ्गबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ । उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जतिचाँडो काम हुनसक्यो उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनेछन् ।” 

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मूनको विचार सार्वजनिक भएको हो । 

संयुक्तराज्य अमेरिकाले पहिले आणविक निःशस्त्रीकरण गर्नुपर्ने शर्त राखिएको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौता बमोजिम आणविक निःशस्त्रीकरणका सबालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्धहरु फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ । यिनै विवादलाई लिएर बेलाबखत दुबै मुलुकबाट एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ । 

राष्ट्रपति मूनले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको यही मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

“मेरो सोचाईमा दुबै पक्ष जानकार छन् । उत्तर कोरियालाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अन्त्यका लागि बढी ठोस आणविक निःशस्त्रीकरण कदमहरु चाल्न आवश्यक छ भन्ने राम्रैसँग थाहा छ । अमेरिकाले पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई प्रोत्साहित गर्न आवश्यक छ भन्ने बुझेको छ ।” 

राष्ट्रपति मूनले थप्नुभयो, “तैपनि, आपसी मतभिन्नताका कारण दुबै देशले अरुका कुरा सुन्नु परेको छ । मेरो विचारमा त्यहीकारण अहिलेसम्म दोस्रो अमेरिका–उत्तर कोरिया शिखर बैठक हुन सकिरहेको छैन ।” 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । राष्ट्रपति मूनले दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । उत्तर कोरियाली नेता कीमको यसैसाता भएको चीनको भ्रमणले त्यसैलाई सङ्केत गर्दछ । 

“अध्यक्ष कीमको चीन भ्रमणले दोस्रो उत्तर कोरिया–अमेरिका बैठक अब टाढा छैन भन्ने सङ्केत गरेको छ । चीनले अन्तर–कोरियाली संवादमा विगतमाझैं सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास छ,” राष्ट्रपति मूनले भन्नुभयो । 

उहाँले उत्तर कोरियाली नेता कीमले निकट भविष्यमा दक्षिण कोरियाको भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभयो । यो भ्रमण सम्भवतः अमेरिकी राष्ट्रपति डोनाल्डसँगको भेटलगत्तै हुनेछ । 

“दक्षिण कोरिया भ्रमणका लागि अध्यक्ष कीमले व्यक्तिगत रुपमै प्रतिज्ञा गर्नुभएको छ र घोषणा पनि भएको छ । तर यो कुरा उत्तर कोरिया–अमेरिकाबीचको दोस्रो शिखर बैठकसँग पनि जोडिएको छ,” राष्ट्रपति मूनले भन्नुभयो । 

राष्ट्रपति मूनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनासाथ उत्तर कोरियासँग आर्थिक सम्बन्धहरु पुनः स्थापित गर्ने बताउनुभयो । “हाम्रो अर्थतन्त्रमा पछिल्लो समय केही समस्या देखिएका छन् । विश्व व्यापारमा तनाबको स्थिति पनि छ । तर, मेरो विश्वासमा उत्तर कोरियासँगको
आर्थिक सहयोग र सम्पर्कले नयाँ, महत्वपूर्ण वृद्धिमा सघाउनेछ ।” 




भर्खरै