९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो

रोकियो ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो
अ अ+ अ-

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को शो रद्द भएको छ । कोलकक्ताको हलमा विरोध प्रदर्शन तथा तोडफोड भएपछि उक्त चलचित्रको शो रोकिएको हो । यो चलचित्र पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनीमा आधारित रहेर निर्माण भएको छ ।

कांग्रेसका युवा कार्यकर्ताको विरोधमा यस चलचित्रको उत्तर कोलकत्ताको स्टार थिएटर, मध्य कोलकत्ताको रोक्सी एण्ड प्राची थिएटर, दक्षिण कोलकत्ताको मेनका थिएटर र हिंद थिएटरमा चलचित्रको प्रदर्शन रोकिएको हो । कोलकत्ताको धेरै हलमा यो चलचित्रको शो रोकिएको छ ।

हिन्दी चलचित्रका सञ्चालकले एक भारतिय मिडियामा भनेका छन्–‘हामीले चलचित्रको टिकट पनि बेचिसकेका थियौं । तर, पछि प्रहरीले चलचित्रको शो रोक्न आग्रह गरेपछि हामीले टिकट फिर्ता गर्यौ ।’ मनमोहनले जीवनकालमा गरेको एक निर्णयलाई चलचित्रमा मुख्य रुपमा फिचर गरिएको छ । जसले गर्दा राजनीतिक दल कांग्रेसलाई असर गर्ने भएकाले कांग्रेस कार्यकर्ताले तोडफोड गरेको बुझिएको छ ।