१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टा सामू रोनाल्डो निर्हिय, बाहिरियो साविक विजेता युभेन्टस



अ+ अ-

एजेन्सी –साविक विजेता युभेन्टस कोपा इटालिया कप फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टस एटलान्टासँग ३–० गोलले पराजित भयो ।

एटलान्टालाई सेमिफाइनलमा पुर्याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरे । घरेलु मैदानमा एटलान्टाले ३७औं मिनेटमा टिमोथीको गोलबाट अग्रता लिएको थियो ।

दुई मिनेट लगत्तै जापाटाले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर बनाए । ८६औं मिनेटमा जापाटाले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सहज बनाएका थिए । साविक विजेता युभेन्टसले खेलभर कुनै प्रभाव देखाउन सकेन ।