१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काउन्टिन्हो चेल्सी र हजार्ड रियल म्याड्रिड जाने !



अ+ अ-

काठमाडौँ । इङ्लिस कल्व चेल्सीका एडिन हजार्डले आफू रियल म्याड्रिड जान चाहेको बताएका छन् ।

हालै मात्र रियलबाट इटालियन कल्व युभेन्टस छिरेका क्रिस्टियानो रोनाल्डोको ठाँउमा हजार्ड जान चाहेको उल्लेख गरेका छन् ।

टेलिग्राफ स्पोर्टका अनुसार हजार्डले चेल्सीलाई आफ्नो योजनाको बारेमा जानकारी दिएका छैनन् । तर, उनको नयाँ करारबारे कुनै पनि छलफल अघि बढेको छैन ।

उता, रियलले पनि हजार्डलाई उनलाई अनुबन्ध गर्न आफूहरुले चेल्सीसँग बिडिङ गर्ने आश्वासन दिसकेको छ । करारमा मात्र १२ महिना बाँकी रहे पनि चेल्सीले हजार्डको मूल्य १० करोड पाउण्ड तोकेको छ ।

यता, चेल्सीले भने हजार्डलाई हप्ताको ३ लाख पाउण्डभन्दा बढी दिने गरी नयाँ करार अफर गरेपनि मौनमा बस्नुले रियल प्रतिको मोह रहेको फुटबल पण्डितहरुले अनुमान लगाइसकेका छन् ।

उनले यसबारे हालै मात्र संकेत पनि गरेका छन् । हालैमात्र फ्रेन्च रेडियो स्टेसन आरएमसीसँग कुराकानी गर्दै हजार्डले भनेका थिए, ‘म गर्नेछु भन्ने मलाई थाहा छ । मैले निर्णय लिइसकेको छु ।’

गत हप्तामात्र म्यानेजर माउरिजियो सारीले हजार्डले क्लब छाड्न चाहे जान दिनुपर्ने बताएका थिए ।

हजार्डको स्थानमा चेल्सीले अर्को स्टार खेलाडी भित्र्याउने प्रयास गर्नेछ । उसले हर्जाडको ठाँउमा हाल बार्सिलोनामा रहेका मिडफिल्डर फिलिपे काउन्टिन्हो प्रिमियर लिग फर्किने चर्चा चलिरहेको छ ।