२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र रियल म्याड्रिड : भिडन्त बराबरी



अ+ अ-

काठमाडौं । स्पेनिस फुटबलका दुई महारथी बार्सिलोना र रियल म्याड्रिडबीचको बहुप्रतिक्षीत भिडन्त बराबरीमा सकिएको छ। यी दुई परम्परागत प्रतिद्वन्द्वीबीचको भिडन्त विश्व फुटबलमा थुप्रै समर्थकको चासोको विषय बन्ने गरेको छ।

कोपा डेल रे फुटबलको बिहीबार बिहान खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई उसैको मैदानमा १९१ गोलको बराबरीमा रोकेको हो। सेमिफाइनलको दोस्रो लेग खेल अब रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ।

नोउ क्याम्पमा खेलिएको पहिलो लेग खेलको प्रारम्भमै अग्रता लिएर पनि रियल म्याड्रिडले त्यसलाई जोगाउन सकेन। खेल सुरु भएको छैटौं मिनेटमै रियल म्याड्रिडका लागि लुकास भासक्वेजले पहिलो गोल गरेका थिए। उनले अनुभवी खेलाडी करिम बेन्जेमाले उपलब्ध गराएको कलात्मक पासमा गोल गरेका थिए।

सोही गोलका कारण पहिलो हाफमा रियल म्याड्रिड अगाडि रह्यो। तर, खेलको ५७औं मिनेटमा माल्कोमले जवाफी गोल गर्दै बार्सिलोनालाई सम्भावित हारबाट जोगाए। बार्सिलोनाले आफ्ना प्रभावशाली अर्जेन्टिनी खेलाडी लियोनल मेसी बिना नै खेल अगाडि बढाएको थियो।

चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्दको खेलमा बार्सिलोनाले लुइस स्वारेज, फिलिप कोउटिन्हो र माल्कोमलाई आक्रमणको जिम्मेवारी सुम्पिएको थियो। तर, खेलको ६३ औं मिनेटमा बार्सिलोनाले कोउटिन्होको स्थानमा मेसीलाई मैदानभित्र प्रवेश गराएको थियो।

अर्कोतिर, रियल म्याड्रिडले पनि अनुभवी खेलाडी गारेथ बेललाई सुरुमा मैदानमा उतारेको थिएन। रियल म्याड्रिडले भिन्सियस जुनियर, करिम बेन्जेमा र भासक्वेजलाई अग्रपंतिमा खेलाएको थियो। खेलको ६४ औं मिनेटमा मात्र बेललाई भिन्सियसको स्थानमा मैदानमा उतारिएको थियो।

घरेलु मैदानमै खेलिएको पहिलो लेग खेलमा बलियो प्रतिद्वन्द्वीसँग बराबरीमा रोकिएपछि लगातार पाँचौं पटक उपाधि जित्ने अभियानमा रहेको बार्सिलोना केही दबाबमा परेको छ। बार्सिलोनाले सन् २०१४र१५ सिजनदेखि लगातार कोपा डेल रेको उपाधि चुम्दै आएको छ।

बार्सिलोनाले हालसम्म सर्वाधिक ३० पटक कोपा डेल रेको उपाधि जितेको छ। सर्वाधिक उपाधि जित्ने टोलीको सूचीमा एथलेटिक बिल्बाओ (२३ पटक) दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले भने १९ पटक उपाधि जितेको छ। रियल म्याड्रिडले पछिल्लो पटक सन् २०१३/१४ सिजनमा कोपा डेल रेको उपाधि जितेको थियो। त्यतिबेला फाइनलमा रियल म्याड्रिडले बार्सिलोनालाई नै २९१ गोलले हराएको थियो। त्यसयता रियल म्याड्रिड प्रतियोगिताको फाइनलमा पुग्न सकेको छैन।

फेब्रुअरीमा खेलिने तीनवटा ‘एल क्लासिको’ मध्येको यो पहिलो खेल थियो। कोपा डेल रेमा रियल म्याड्रिड र बार्सिलोनाबीचको दोस्रो लेग खेल फेब्रुअरी २७ तारिखमा खेलिने छ। समाचार अन्नपूर्ण पोष्टमा छ ।