१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मन दुखे तन दुख्दैन

मन दुखे तन दुख्दैन
अ अ+ अ-

आज धेरै गर्मी छ ,यतापानी परिरहको छ, धेरै जाडो छ । यो सबै अस्थिर मनको प्रश्न हो । अरे बाबा वैशाख जेठको महिनामा तराईमा गर्मि त हुन्छ नि, अब यो छ, उ छ भनेर गर्न सक्ने चै के ?

गर्मि हुनु, पानि पर्नु, मौसमको स्वाभाव हो । तातो हुनु नै घामको,आगोको धर्म हो । तपाईलाई कसले भनेको छ की गर्मीमा बाहिर तातो ठाउँमा बस्नुहोस् भनरे ?सित्तल ठाउँ त रोज्न सक्नु हुन्छ, जहाँ सित्तल छ त्यहाँ बस्नु होस् । न हामी बादल रोक्न सक्छौ न सुर्यको ताप । हामीमात्र ठाउँ परिवर्तन गर्न सक्छौ । हो यसैगरि जहाँ बेचैन छ जहाँ तनाब छ हामी त्यो ठाउँ त्यो कारण छोड्न सक्छौ ।

मन भावना बदलिन सक्छ । मन परिवर्तनशिल छ । मन प्रत्येक दिन परिवर्तन हुन्छ । आजको हितैशी मित्र भोलीको परम् शत्रु भईदिन्छ । मन र ह्दय चंचल आयमहरु हुन । तपाईको मनले तपाईलाई झल्काउछ नि । हामी आफुलाई आफैले हेर्ने गर्दैनौ मात्र अरुबाट खुशी, आनन्दको आशा गर्छौ जुन अस्थिर हुन्छ र कठिन पनि । हाम्रो अंहकारी मन छ निकसले भनेको छ त्यही सोचेर बस्नुहोस् । थोरै फरक सोचे मात्र,थोरै पछि सरे मात्र काफी छ तर कसले सक्छ अहंकारी मनलाई फकाउन, त्याग गर्न, समर्पण गर्न, स्वीकार गर्न, कोहीआफ्नो जिद्धीपना छोड्न तयार छैनन् अनि हाम्रो मन न दुखे कस्को खुख्छ ?

एक पटक राजाले आफ्ना मन्त्री मुल्लाहा नसरुद्धिनांग आफ्नै राज्यको आज सम्मन पुगेको वस्ती घुम्न जाने योजना बनाउ भनेर आदेश दिएछन् । मन्त्रीले त्यो नयाँ ठाउँको तय गरि घोडामा चढेर भ्रमणमा निसकेछन् । धेरै लामो यात्रापछि एउटा सुन्दर रमणिय गाउँपुगे दुवै जना, राजा अघि अघिमन्त्री पछि–पछि । बाटोमा गाउँका सबै मानिसहरु राजा र मन्त्रीलाई हेर्न निस्केका थिए । जब राजाले जनताका मुहारमा हेरे सबै रिसाएको झै देख्दथे, राजापनि रिसाएझै मौन भएर सबार गर्दै थिए । राजाको पछि रहेका मन्त्री के गर्दैछन् भनेर राजाले पछि फर्केर हेर्दा त सबै गाउँलेहरु मुस्कुराईरहेको खुशी भई रहेको देखे । राजाले घोडा रोकेर सोधे मुल्लाहा के तिमी यहाँ पहिले नै आई सकेका थियौ र ? सबैले तिमिलाई चिने झै हासेर बोलि रहेका छन् तर मसँग त कोही पनि हासेनन् त ?

के हो यसको कारण ? मुल्लाहाले जवाफमा भने माहाराज तपार्इँ घोडामा बसेर आफ्नो अनुहार ठुस्स पार्दै रिसाए झै गरेर मानिसहरुलाई हेर्दै हिड्नु भयो र मैले यहाँका मान्छेहरु सबैसँग हाँस्दै, हालखबर साध्दै हिडे, उनिहरु पनि मुस्कुराउदै बोल्न थाले, यहिँ हो हजुर कारण । हो जसले जस्तो व्यवहार गर्छ उसलाई पनि अरुले त्यस्तै व्यवहार गर्छन् न राजा न मन्त्री न जनता । मनको कुरा हो मन्त्रीले सबैलाई हेर्दै हास्दै हिडे, मन दुखाएनन्, मुस्कान दिए जनताले पनि मुस्कान नै दिए ।

हाम्रो शरिर चलाउने मुख्य यन्त्र नै मन हो । हाम्रो जीवन हाक्ने सारथी नै मन हो । आफ्नै हातको औलामा काढा बिझेर औलाले जहाँ छोयो त्यहि दुख्ने गरे झै मन दुखी भए पछि तन स्वत दुख्छ नै । अब मन नदुख्ने चित्तन दुख्ने केही उपाय छ त ? आजको आम प्रश्न हो । जरुर सबै जना व्यक्तिको अहिले पनि आफ्नो मन दुखेकै छ ? यसको उत्तर जरुर छ,सामाजिक विज्ञान र मनको विज्ञान एक आपसमा सम्बन्धित हुन्छन् । खुशी भएर बाच्ने हो भने मन स्वस्थ्य हुनु पर्छ मन स्वस्थ्य बनाउने मनले नै हो, आफुले नै हो । अरुको कारणले प्राप्त भएको खुशी वास्तविक खुशी हुँदैन किनकी जहाँ कारण हुन्छ त्यहाँ प्रेम हुदैन, बिनाकारणको प्रेम सच्चा हुन्छ । जब प्रेममा कारण रहन्छ तब कारण नास भए प्रेम स्वतः नाश हुन्छ । जब सबै संँग प्रेम भाव व्यवहार हुन्छ तब मन खुशी हुन थाल्दछ ।

मन सकृय र खुशी बनाउने हार्मोन उत्पादन हुन्छ तब मन आफै खुशी हुन्छ । अरुले गरेको सहयोग, राम्रो व्यवहार काकारण खुशी त हौला तर त्यही व्यवहार अरुबाट प्राप्त नभए फेरी मन त दुख्ने भईहाल्छ नि । जहाँ घरमा नियम हुन्छ त्यहाँ प्रेम हुदैन । कसले कहाँगल्ती गर्छ हामी गल्तीकै पछि लागेर सुन्दर जिवन नष्ट गरिरहेका हुन्छौ । हामीकारण तर्फ नै उन्नमुख हुन्छौ ।

This image has an empty alt attribute; its file name is image-4.png

आफु भलो त जगतभलो भनिन्छ नी । एउटा दृष्टान्त : एउटा गाउँमाकरिब ८० वर्ष जतिकाएक वृद्ध आफ्नो घरको आगँनमा बसेर डोको बुन्दै रहेछन् । एक जना अधबैशे भलाद्मी उनि नजिकै पुगेर सोधेछन् । हजुर म यो गाउँमा बसाँई सरेर आउने बिचार गरेको छु । यो गाउँ असाध्यै राम्रो छ भन्ने सुनेको छु । के म यहाँ बसाँई सरेर आउन सक्छु ? नब आगन्तुकको कुरा सुनेर ति वृद्धले भनेछन् – बाबु तिमी कहाँबाट आएै ?पहिले बसको कुन गाउँ हो ?त्यो कस्तो थियो र ? उनको प्रश्न न सकिदै नब आगन्तुकले भनेछ- हजुर त्यो गाउँको कुरा न सम्झाउनु होस्,म तिनिहरुलाई सम्झनपनि चहान्न त्यहाँका मान्छे यति खराब छन कि, यसरी उसले धेरै समय लगाएर छोडेर आएको गाउँको सारा नराम्रो बृतान्त सुनायो । सबै कुरा सुनिसके पछि ति वृद्धले भनेछन् बाबु तपाई गलत ठाउँमा आउनु भयो, यहाँका मान्छे त त्यहाँका भन्दापनि खराब छन्, तपाई अर्कै नयाँ गाउ ँखोज्नु होेला ।

यति भनेर ति वृद्ध आफ्नो काम गर्न थाले छन् । नब आगन्तुक नयाँ गाउँको खोजिमा फर्केछ । एकै छिनपछि फेरी एक जना व्यक्ति घोडा चढेर ति वृद्धको सामुन्ने पुगेछन् । फेरी उही सबाल गरेछन्, यो गाँउ असाध्यै राम्रो छ भन्ने सुनेर म यो गाउँमा बसाई सरेर आउने बिचार गरको छु । हजुर मलाई यो गाउँ कस्तो छ बस्न मिल्छ किनाई सल्लाह दिनु भनेछन् । ति वृद्धाले फेरी उहीप्रश्न गरेछन् तपाँई पहिले बसेको गाउँ कस्तो थियो ?हजुर त्यो गाउँको कुरै न गर्नु ,आहा त्यस्तो सुन्दर गाँउ, त्यस्तो समुदाय, छर छिमेक, रहन सहन, व्यवहार म कैहिल्यै भुल्नै सक्दिन् । के गर्नु व्यवहारिक कारणले गर्दा मात्रै त्यस्तो गाउँ छोडेनु परेको हो ।

ति वृद्धा ले उत्तर दिएछन् ल तपाँई ठिक ठाउँमा आई पुग्नु भयो । म ८० वर्षको भए, मैले आजसम्म कुनै नराम्रै शब्दपनि सुनेको छैन यो गाउँमा । तपाई जस्तो राम्रो बिचार भएको व्यक्ति आउनुहोस् तपाईलाई स्वागत छ यो गाउँमा । हो यस्तै छ हाम्रो वर्तमान संस्कार,समाज, जिवन, व्यक्तित्व र चरित्र पनि । अरुलाई नराम्रो भनेर दिन विताउने तर आफु चाहि राम्रो खोज्दै हिड्ने । अरुलाई नराम्रो भन्ने व्यक्तिको कमी छैन यहाँ र राम्रो भन्ने पनि यहिँ छन् । मात्र कस्तो बिचारलाई, व्यवहारलाई हाम्रो समाजमा स्थान दिने भन्ने मात्रै हो । ति वृद्धले पछिल्लो पटक आएका पाहुनालाई जसरी आफ्नो गाउँमा स्वागत गरे किन की उसको सोचाई सकारात्मक थियो । उसले अरुलाई पनि राम्रो भन्न सक्यो ।

सबै सृष्टि नै मन बाट चलेको छ, पदार्थबाट चेतना उत्पन्न हुन्छ त्यो चेतनाहाम्रो दुई वटै मन, चेतन र अव चेतन मनमा गएर बस्दछ । अवचेतन मनको रहस्य बाट नै प्रेम उत्पन्न हुन्छ । प्रेममा समपर्ण र झुकाव यहि मनबाट नै उत्पन्न हुन्छ । मन स्वस्थ्य बनाउन सके त्यो जस्तो खुशी कोही पनि हुन सक्दैन । धेरै बाधा र चुनौतिहरु छन् हाम्रो समाजमा यो खात्यो नखा ?यहाँ जा त्यहाँ न जा ? यो गर त्यो नगर । जब तपाई आफ्नो बच्चालाई उसले मन परेको गर्न दिनु हुन्न भने उसले पनि तपाईलाई मन नपर्ने नै गर्न खोज्छ बस यहिँ हो जड । स्वतन्त्रता दिनु नै खुशी दिनु हो तर अनुसाशन चाहिन्छ, नैतिकता चाहिन्छ, अनुगमन चाहिन्छ । एक किशिमको नियम त हुनै पर्छ तर आवश्यक मात्र ।

दुःखमा आत्तिनिु हुदैन, सुखमा मात्तिनु हुदैन त्यसै कहाँ भनिएको हो र दुःखमा पनि खुशी खोज्न सक्नु पर्दछ । यो खोजीकार्य कहाँ सजिलो छ र ?हाम्रो मन छ नि कहि नभाको ? सोच्दा सोच्दै कहाँ पुग्दछ मन अनि फेरी फर्काएर ल्याउन उस्तै सोच्नु पर्दछ । खुशी प्राप्त गर्ने आफैबाट हो । आफुनै खुशीको श्रोत हौ । कस्तुरीले आफ्नै अत्तर कहाँ छ भनेर खोज्दै बनबन घुमे जस्तै हामी आफु भित्रै रहेको अत्तरको बासना खोज्दै दौडि रहेका छौं । आज समाजको हरेक व्यक्ति बेखुसी छ, बेचैनी छ । महत्वकाक्षांले आकाश चुमेको छ तर यथार्थता उहि । एक आर्दश व्यक्तिन बनि एक आर्दश समाज असम्भव छ । आदर्श व्यक्तिकालागि आदर्श मन हुनु जरुरी छ । एक स्वच्छ र सुन्दर मन ।