२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका प्रधानमन्त्रीमाथि अण्डा प्रहार



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसोनलाई चुनाव प्रचारका क्रममा एकजना विरोधकर्ताले मंगलवार अण्डा प्रहार गरेका छन् ।

अण्डा मोरिसोनको टाउकोमा लाग्यो तर फुटेन, स्थानीय सञ्चारमाध्यमले बताए । यस घटनाका कारण एक वृद्ध महिला भुइँमा लडेकी छन् ।

अण्डा फाल्ने २५ वर्षीया महिलालाई नियन्त्रणमा लिइएको र पछि प्रहरीले पक्राउ गरेको थियो ।

मोरिसोनले अण्डा फाल्ने व्यक्ति डरछेरुवा भएको टिप्पणी गरे ।

राजधानी क्यानबेराभन्दा ३३० किलोमिटर पर रहेको आल्बरीमा यो घटना भएको हो ।

मोरिसोनले पछि सुरक्षा कर्मचारीलाई तत्कालै हस्तक्षेप गरेकोमा प्रशंसा गरे अनि वृद्धा महिलाप्रति चिन्ता व्यक्त गरे । ती वृद्धाको नाम मार्गरेट ब्याक्सटर भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भीगन अभियन्ताहरूले हालैका दिनमा कृषकहरूको विरोध हालैका दिनमा गरिरहेका छन् । यो घटना पनि त्यही सिलसिलामा भएको हो कि छुट्टै हो भन्ने विषयमा प्रहरीले अनुमान लगाएको छैन ।




भर्खरै