३० जेष्ठ २०८३, शनिबार
,
Latest
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा २० आतङ्ककारी मारिए



अ+ अ-

लेगोस । नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् ।

नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गर्नुभएको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ ।

लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता एन्टीघाले बताउनुभयो ।

इस्लामिक लडाकूसँगको भिडन्तका क्रममा गोली लागेर सेनातर्फ चार जना घाइते भएका थिए । संयुक्त सेनाले गत फेब्रुअरीमा पनि बोको हराम समूहमा आबद्ध लडाकूहरु बिरुद्ध संयुक्त सैनिक कारबाही गरेको थियो ।