६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगको कार्यालय हेटौँडामा घेराउ, प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग



अ+ अ-

हेटौँडा । लोकसेवा आयोगले जारी गरेको विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्थीहरुले आज लोकसेवा आयोगको कार्यालय हेटौँडामा घेराउ गरेका छन् ।

उनिहरुले मधेशी, आदीवासी, सामावेशी लगाएतको कुनै पनि वर्गको लागि खुल्ला नगरिएको भन्दै विरोध जनाएका थिए ।

संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक पद्धति अनुरुप विज्ञापन आह्वान गर्न माग गरेका छन् ।

विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर आयोगको कार्यालय घेराउ गरेको संघर्ष समितिका बालकुमार यादवले बताए। उनीहरुले प्रदेश नंबर २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा समेत माग गरेका छन् । मुख्यमन्त्री राउतले समेत यो विषयलाई गम्भिर ढंगले उठान नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

आयोगकको कार्यालय घेराउ गर्दै विद्यार्थीहरुले सरकारविरुद्द चर्का नारा लगाएका थिए ।