१८ भाद्र २०८३, बिहीबार
,
Latest
राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसेवा आयोगको कार्यालय हेटौँडामा घेराउ, प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग



अ+ अ-

हेटौँडा । लोकसेवा आयोगले जारी गरेको विज्ञापन समानुपातिक नभएको भन्दै विद्यार्थीहरुले आज लोकसेवा आयोगको कार्यालय हेटौँडामा घेराउ गरेका छन् ।

उनिहरुले मधेशी, आदीवासी, सामावेशी लगाएतको कुनै पनि वर्गको लागि खुल्ला नगरिएको भन्दै विरोध जनाएका थिए ।

संविधान विपरीत आह्वान गरिएको विज्ञापन रद्ध गरी समानुपातिक पद्धति अनुरुप विज्ञापन आह्वान गर्न माग गरेका छन् ।

विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर आयोगको कार्यालय घेराउ गरेको संघर्ष समितिका बालकुमार यादवले बताए। उनीहरुले प्रदेश नंबर २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा समेत माग गरेका छन् । मुख्यमन्त्री राउतले समेत यो विषयलाई गम्भिर ढंगले उठान नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

आयोगकको कार्यालय घेराउ गर्दै विद्यार्थीहरुले सरकारविरुद्द चर्का नारा लगाएका थिए ।