८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकेटमारदेखी सावधान ! कांग्रेस नेता लुटिए



अ+ अ-

काठमाडौं । सामान्यतया चोरी गर्ने तरिका कस्ता–कस्ता हुन्छन् ? यो बिचमा भारतमा एक अनौठो चोरीको घटना बाहिर आएको छ । भारतको पञ्जाब राज्यको जालान्धरको फतेहगढ साहिबबाट लोकसभा निर्वाचन जितेर आएका कांग्रेस नेता लुटिएका छन् ।

कांग्रेस नेता डा।अमर सिंहको धन्यवाद कार्यक्रममा पाकेटमारहरुले नेताहरुको पैसा चोरी गरेका छन् । नवनिर्वाचित सांसदसँग सेल्फी खिच्न भनेर आएका व्यक्तिहरुले नै नेताहरुको पाकेट मारेको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार घटना अमलोह रोड नजिकै स्थित सुरजीत बैंक्वेट हलमा हिजो भएको हो ।

यहाँ राज्यका विभिन्न क्षेत्रबाट नेता तथा कार्यकर्ताहरु सांसदलाई बधाई दिनको लागि आएका थिए । विधायक रणदीप काका समेत १० कांग्रेस नेताको पैसा चोरी भएको बताइएको छ ।

पाकेटमारको समुहले विधायकका पीए राम कृष्ण भल्लाको पर्स पनि चोरेको जनाइएको छ । घटनाबारे अनुसन्धान गरिरहेका अमलोह डीएसपी गुरशेर संधूका अनुसार चोरहरु प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरीले छिट्टै नै सबैलाई पक्राउ गरेर सार्वजनिक गर्ने जनाएको छ ।




भर्खरै