६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह



अ+ अ-

त्रिपोली । शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ ।


युएनएचसिआरले ट्वीट गर्दै २०० जना आप्रवासीलाई तजौरामा नजरबन्द गर्न लागिएको भन्दै लिबियामा असुरक्षाका कारण यी सबै बन्दीगृह बन्द गर्न आह्वान गरेको हो ।

जुलाईमा लिबियाको राजधानी त्रिपोलीको पूर्वी भेगमा स्थापित यस्तै बन्दीगृहमा भएको क्षेप्यास्त्र आक्रमणमा ५० जनाभन्दा बढी आप्रवासी मारिनुका साथै अरु सयौं घाइते भएका थिए ।

उक्त आक्रमणप्रति पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्ष र राष्ट्रसंघ समर्थित सरकारले एकअर्कामाथि दोषारोपण गरिरहेका छन् ।

विद्रोही समूहले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि नै सरकारी फौजसँग सशस्त्र भिडन्त गरिरहेको छ । यसक्रममा एक हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने एक लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् ।

सन् २०११ मा तत्कालीन शासक मोउमार गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसात्मक घटनाहरु बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ ।