२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कश्मीर तनावपछि इमरान खानले भने, ‘नयाँ संकट पैदा हुनसक्छ’



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउँदै भारतको आक्रामक व्यवहारले क्षेत्रमा नयाँ संकट पैदा हुनसक्ने बताएका छन् ।

पाकिस्तानले भारतमाथि नियन्त्रण रेखा पारी क्लस्टर बम प्रयोग गरेको आरोप पनि लगाएको छ जसलाई भारतले खारेज गरेको छ ।

इमरान खानले भारतले नियन्त्रित रेखा पारी नागरिकलाई निशाना बनाएर हमला गरिरहेको आरोप लगाएका छन् ।

एक ट्वीटमा इमरान खानले भने, ‘म भारतको तर्फबाट नियन्त्रण रेखा पारी निर्दोष नागरिकमाथि हमला र क्लस्टर बमको प्रयोगको आलोचना गर्छु । यो मानवीय कानून र भारतको सन् १९८३ को पारम्परिक हतियारमाथि कन्भेन्सनको प्रतिबद्धताको उल्लंघन हो ।’
उनले भने, ‘संयुक्त राष्ट्र सुरक्षा परिषदले शान्ति र सुरक्षाका लागि यो अन्तरराष्ट्रिय खतराबारे जानकारी लिनुपर्छ ।’

अर्को एउटा ट्वीटमा इमरान खानले भने, ‘कब्जा गरिएको कश्मिरमा बसिरहेका मानिसहरुको पीडाको त्यो अत्यास लाग्दो लामो रातलाई अन्त्य गर्ने बेला आएको छ । उनीहरुलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुसार आफ्नो भाग्य स्वयं छान्ने अधिकारको प्रयोग गर्न दिनुपर्छ ।’

उनले भने, ‘कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानले नै दक्षिण एशियामा शान्ति र सुरक्षाको मार्ग प्रशस्त हुन्छ ।’

त्यसपछि पैदा हुनेछ नयाँ संकटः

आफ्नो ट्वीटमा इमरान खानले भारतीय बलको आक्रामक कारवाहीले क्षेत्रमा नयाँ संकट पैदा गर्नसक्ने बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति ट्रम्पले कश्मिरमा मध्यस्थताको प्रस्ताव दिएका छन् । अब यस्तो गर्ने बेला आएको छ किनभने भरतीय बलको नयाँ आक्रामक कारवाहीका कारण कश्मीरमा र नियन्त्रण रेखामा स्थिती खराब भइरहेको छ । यसको क्षेत्रीय संकटमा परिवर्तन हुने सम्भावना छ ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटघाटको क्रममा कश्मिरको मुद्दामा मध्यस्थताको प्रस्ताव दिएका थिए । पाकिस्तानले एकातर्फ उक्त प्रस्तावको स्वागत गरेक थिए भने भारतले यसलाई पूर्ण रुपमा अस्विकार गरेको थियो ।