२ भाद्र २०८३, मंगलवार
,
Latest
राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट १२ किलोग्राम सुनसहित जापानी नागरिक पक्राउ



अ+ अ-

ढाका । बंगलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका अधिकारीले बताएका छन्।मलेशियाबाट बंगलादेश पुगेका दुई जापानी नागरिकलाई उक्त सुनसहित बिहीवार पक्राउ गरिएको हो।

बंगलादेश राजस्व अनुसन्धान निर्देशनालयका उपनिर्देशक पायल पाशाले सिन्ह्वासँग भने, ‘राजस्व विभागले उनीहरूले सुनसहित प्रवेश गर्दै गरेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।’

उनीहरूसँगबाट जफत गरिएको १२ किलोग्राम (३० थान सुनका टुक्रा) को मूल्य बिहीवारको बजार मूल्यअनुसार ६ करोड बंगलादेशी टाका (सात लाख १४ हजार अमेरिकी डलर बराबर) रहेको उप निर्देशक पाशाले बताए।

‘जापानी नागरिकले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पार गर्ने क्रममा पाइन्टको खल्तीमा लुकाइराखेको अवस्थामा उक्त सुन जफत गरिएको छ’, उनले भने। भन्सारले उनीहरूलाई बंगलादेशी प्रहरीको जिम्मा लगाइसकेको बताएको छ।

स्रोतका अनुसार विदेशी सुन तस्करसँग मिलेर बंगलादेशी आपराधिक गिरोहले गैरकानूनी रूपमा ठूलो मात्रामा सुन, विदेशी मुद्रा, लागू औषध तथा प्रतिबन्धित औषधि भित्र्याउने गर्छन्।