काठमाडौं । स्वास्थ्य बीमा बोर्डको सदस्यमा सन्तोषी पौडेल, निजन उपाध्याय र तन्वीर अहृद मिकरानी नियुक्त हुनुभएको छ।
नवनियुक्त तीनै सदस्यले सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
बोर्डका सदस्यहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ।








