२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन News Polar ओमानसँग रासायनिक मल आपूर्ति र कृषि व्यापारमा सहकार्य विस्तारबारे छलफल News Polar कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा News Polar महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च कांग्रेसले व्यहोर्ने News Polar कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने News Polar एमालेले मङ्सिर पहिलो साता राष्ट्रिय भेला गर्ने News Polar प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार News Polar श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, शुक्रबार बिहान ७ बजेदेखि मतदान News Polar अपाङ्गता रोकथामदेखि आत्मनिर्भरतासम्म: तीन तहको सरकार, एउटै राष्ट्रिय प्रतिबद्धता News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण News Polar क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ: मन्त्री पोखरेल News Polar बाँकेमा हराउँदै स्थानीय बाली News Polar खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’ News Polar आईपीयू महासभामा नेपालको जलवायु विपद्सम्बन्धी आपत्कालीन एजेण्डा दुईतिहाइ बहुमतले अनुमोदन News Polar विश्व वरियतामा नेपाल १६औँ स्थानमा News Polar हामी निर्वाचनको आन्तरिक तयारीमै छौँः प्रमुख निर्वाचन आयुक्त कार्की News Polar लुटपाटमा संलग्न चार जना पक्राउ News Polar ऊर्जामा आधारित अर्थतन्त्र निर्माण राष्ट्रिय प्राथमिकता : मन्त्री श्रेष्ठ

कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको छ ।

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सो विधेयक सदनमा दफावार छलफलका लागि पेस गर्नुभएको हो ।

सदनमा कोशी प्रदेशसभा नियमावली मस्यौदा समितिको गठन सम्बन्धमा उपसभामुख सृजना दनुवारले प्रस्ताव पेस गर्नुभयो । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सदनको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै १०औँ राष्ट्रिय खेलकुदका निम्ति प्रदेश सरकारले रु आठ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँले खेलकुदका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले भत्ता पनि दिने जानकारी दिनुभयो । उहाँले ‘ग्राम थान’ थान संस्कृतिसम्बन्धी विधेयक ल्याउन सरकारले आवश्यक तयारी गरिहेको बताउँदै १०औँ राष्ट्रिय खेलकुदका लागि प्रदेशमा ५२ प्रकारका खेलकुद प्रतियोगिता आयोजन हुने जानकारी दिनुभयो ।

यसअघि आजको सदनको शून्य समयमा प्रदेशसभाका सदस्य खगेश्वरी पौडेल, मीना श्रेष्ठ, यशोदा कायस्त, राजेन्द्र कार्की, तारादेवी ढकाल, रोहितबहादुर कार्की र रेवतीरमण भण्डारीले विविध विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।