काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।
बन्द सत्रमा कोषाध्यक्ष श्रेष्ठले पार्टीको आर्थिक अवस्था, आय–व्यय तथा आर्थिक गतिविधिसम्बन्धी विवरण समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि छलफलपछि बन्द सत्रले पारित गरेको हो।
आर्थिक प्रतिवेदन पारित भएसँगै कांग्रेस महाधिवेशनको बन्द सत्रमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने क्रम अघि बढेको छ।








