१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल

राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल
अ अ+ अ-

काठमाडौं। राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि सुरक्षित, मर्यादित र पहुँचयोग्य शौचालय तथा आवश्यक पूर्वाधार सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ।

मन्त्रालयले पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशका विभिन्न राजमार्ग तथा सडक खण्डमा सार्वजनिक सवारी साधनले यात्रु रोक्ने अस्थायी तथा स्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य तथा मैत्रीपूर्ण शौचालय निर्माण र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको हो।

लामो दूरीको यात्राका क्रममा यात्रुले विश्रामस्थलमा आधारभूत सेवा सहज रूपमा प्राप्त गर्नुपर्ने भए पनि विभिन्न स्थानमा शौचालयलगायत न्यूनतम सुविधा तथा पहुँचयोग्य पूर्वाधारको अभाव रहेको मन्त्रालयले जनाएको छ। यस्तो अवस्थाले विशेषगरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई थप समस्या हुने भएकाले विश्रामस्थलको पूर्वाधारलाई समावेशी र पहुँचयोग्य बनाउन आवश्यक रहेको मन्त्रालयको पत्रमा उल्लेख छ।

मन्त्रालयले निर्माण भइसकेका विश्रामस्थलमा आवश्यक शौचालय सुविधा सुनिश्चित गर्न र शौचालयको सुविधा भएको स्थानमा मात्र सार्वजनिक सवारी साधन रोक्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको छ। नयाँ विश्रामस्थल तथा अन्य सडक पूर्वाधार निर्माण गर्दा सुरुदेखि नै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकमैत्री हुने गरी पहुँचयोग्य संरचना निर्माण गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, ज्येष्ठ नागरिक सम्बन्धी ऐन तथा दिगो विकास लक्ष्यले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालयले उक्त पत्राचार गरेको हो। सम्बन्धित पूर्वाधार विकाससम्बन्धी कार्यालयलाई समेत आवश्यक निर्देशन तथा समन्वय गर्न आग्रह गर्दै मन्त्रालयले यस कार्यमा आवश्यक सहयोग, साझेदारी र समन्वय गर्ने जनाएको छ।

चाडपर्व नजिकिँदै जाँदा लामो दूरीका सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने भएकाले राजमार्गका विश्रामस्थलमा आधारभूत सेवा तथा पहुँचयोग्य पूर्वाधारको आवश्यकता अझ बढ्ने मन्त्रालयले जनाएको छ। यात्रुले सुरक्षित, स्वच्छ र मर्यादित रूपमा विश्राम गर्न तथा आवश्यक सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्दै राजमार्गका विश्रामस्थललाई महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि सुरक्षित र पहुँचयोग्य बनाउने उद्देश्यले मन्त्रालयले पहल अघि बढाएको हो।