१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने

खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने
अ अ+ अ-

काठमाडौं । सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै देशभर २७ वटा खेलमैदान तथा कभर्ड हल निर्माण गर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिनुभएको हो ।

सोमबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले प्रारम्भिक चरणमा देशका विभिन्न स्थानमा छनोट गरिएका २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गरिने बताउनुभयो ।

उहाँका अनुसार लामो समयदेखि अघि बढ्न नसकेका खेलकुद पूर्वाधार निर्माणका आयोजनालाई गति दिन मन्त्रालय र राखेपबीच भएको समझदारीले महत्वपूर्ण भूमिका खेल्नेछ । देशभरका सबै रंगशाला तथा खेलकुद पूर्वाधारलाई एकैपटक स्तरोन्नति गर्न बजेट र प्राविधिक सीमितता रहेकाले प्राथमिकताका आधारमा २७ वटा आयोजनाबाट काम अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, ‘पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच हालै एमओयू भएको छ । त्यसअन्तर्गत देशभर २७ वटा क्रिकेट तथा फुटबल मैदान र कभर्ड हल निर्माण गर्ने योजना अघि बढाइएको छ । देशभरका सबै खेल पूर्वाधार एकैपटक निर्माण गर्न सम्भव नभए पनि २७ वटा आयोजनाबाट सुरु गर्नु महत्वपूर्ण सुरुवात हो ।’

सरकारले २७ वटा आयोजनाबाट क्षेत्रीय तथा स्थानीय स्तरमा खेलकुद गतिविधिको विस्तार र खेलाडी उत्पादनमा टेवा पुग्ने अपेक्षा गरेको छ । छनोट भएका स्थानमा तत्काल निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा खेलकुद पूर्वाधारमा थप लगानी विस्तार गर्दै जाने सरकारको नीति रहेको समेत स्पष्ट पार्नुभयो ।