१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री News Polar कार्ल डाइसेरोथसहित तीन वैज्ञानिकलाई चिकित्सा नोबेल पुरस्कार News Polar राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल News Polar ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने ८ जना पक्राउ News Polar हरिबहादुर रोकाया ‘एक्स्ट्रिम कर्णाली याक्स हिरोज’बाट सम्मानित News Polar खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौताः देशभर २७ वटा रङ्गशाला र कभर्ड हल बन्ने News Polar सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली स्वीकृत गर्‍यो News Polar दुई मन्त्रालयको कार्यवाहक जिम्मेवारी ऊर्जामन्त्री श्रेष्ठलाई News Polar बाढीपीडितको मनोसामाजिक स्वास्थ्यमा राहत : ८० जनालाई ‘एकदिने कल्याणकारी भ्रमण’ News Polar नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड

नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन

नेपाली समुदायलाई सेवा दिन एनआरएनए पोर्चुगलको कार्यालय लिस्बोनमा सञ्चालन
अ अ+ अ-

काठमाडौं । पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ ।

पोर्चुगलमा नेपालीको संख्या तीव्र रूपमा बढिरहेका बेला समुदायलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउन कार्यालय सञ्चालनमा ल्याइएको एनआरएनए पोर्चुगलले जनाएको छ । कार्यालयबाट नेपाली समुदायका समस्या, जिज्ञासा तथा आवश्यकताका विषयमा सूचना, परामर्श र सहजीकरण उपलब्ध गराइने संघको भनाइ छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले पोर्चुगलमा नेपालीको संख्या बढेसँगै समुदायलाई संस्थागत रूपमा सेवा दिन कार्यालयको आवश्यकता महसुस भएकाले कार्यालय सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार कार्यालयबाट नेपालीका दैनिक समस्या, कागजी प्रक्रिया, संस्थागत समन्वय तथा आवश्यक सूचना र सहयोगका विषयमा सहजीकरण गरिनेछ ।

अध्यक्ष मोक्तानले पोर्चुगलमा रहेका नेपाली समुदायलाई कार्यालयलाई आफ्नो साझा सम्पर्कस्थलका रूपमा उपयोग गर्न आग्रह गरे । संघले उपलब्ध गराउने सेवा तथा सहयोगलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्य रहेको उनको भनाइ छ ।

त्यस्तै, एनआरएनए पोर्चुगलका सचिव सुरज भण्डारीले कार्यालयसँगै संघले आधिकारिक वेबसाइटसमेत सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार वेबसाइटमार्फत संघका गतिविधि, सूचना, कार्यक्रम तथा उपलब्ध सेवाबारे जानकारी लिन सकिनेछ ।

सचिव भण्डारीले नेपाली समुदायका जिज्ञासा तथा सेवा र सहयोगसम्बन्धी अनुरोध पनि वेबसाइटमार्फत पठाउन सकिने व्यवस्था गरिएको बताए । कार्यालय र वेबसाइटलाई नेपाली समुदायसँगको प्रत्यक्ष सम्पर्क तथा सूचना आदानप्रदानको माध्यमका रूपमा विकास गर्ने योजना रहेको उनले बताए ।

पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान (AIMA) का अनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार 3 सय 4 पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो ।
सन् २०२१ मा पोर्चुगलमा २४ हजार १३ जना नेपाली रहेकोमा चार वर्षमा नेपालीको संख्या १३६ दशमलव ८ प्रतिशतले बढेर ५६ हजार ८ सय ६६ पुगेको हो । चार वर्षको अवधिमा मात्रै ३२ हजार ८ सय ५३ नेपाली थपिएका छन् ।

सन् २०२५ मा पोर्चुगलमा रहेका कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५ सय ३९ रहेकोमा नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत रहेको छ । नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपालको कूटनीतिक सक्रियता पनि विस्तार हुँदै आएको छ ।

नेपाल सरकारले २०८१ सालमा लिस्बोनमा नेपाली दूतावास स्थापना गरेको थियो । सरकारले प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।

यता, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्ने प्रक्रिया अघि बढाएको छ । पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न अनुमति मागेपछि नेपाल सरकारले २०८३ साउन २६ गते त्यसका लागि सहमति दिने निर्णय गरेको थियो । त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको जनाइएको छ ।

लिस्बोनमा सञ्चालनमा आएको एनआरएनए पोर्चुगलको कार्यालय अभेनिदा देफेन्सोरेस दे शाभेस नं. ४, १०००–१०९ मा रहेको छ । कार्यालय एसआईसीको अगाडि रहेको संघले जनाएको छ ।

नेपाली समुदायको संख्या निरन्तर बढिरहेको अवस्थामा कार्यालय सञ्चालनमा आएपछि पोर्चुगलमा रहेका नेपालीलाई सेवा, सूचना तथा आवश्यक सहयोगमा सहज पहुँच पुग्ने अपेक्षा एनआरएनए पोर्चुगलले गरेको छ ।