१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय
अ अ+ अ-

काठमाडौं । सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अब बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति तथा स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ।

बैठकले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तावित ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत ती योजनाका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। लागत अनुमान नखुलेका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय तहको समन्वयमा भइरहेको भन्दै अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि सोही समन्वयमा अघि बढाइने बताउनुभयो।

पुनर्निर्माण र पुनर्स्थापनाका लागि विपक्षी दल, नेपाली कांग्रेसका संसदीय दलका नेता तथा बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको बैठकमा जानकारी गराइएको थियो।

परिषद्ले भोटेकोशी–त्रिशूली बाढी तथा मनसुनजन्य विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

त्यस्तै, विषम परिस्थितिमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्र, स्वयंसेवक र सञ्चारकर्मी तथा सहयोग गर्ने दातृराष्ट्र र विकास साझेदारप्रति परिषद्ले धन्यवाद ज्ञापन गरेको छ।