१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो

कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव

कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार छनोट र नेतृत्व चयनमा केन्द्रको प्रभाव घटाउँदै तल्लो तहका सदस्यलाई निर्णायक अधिकार दिने प्रस्ताव अघि सारेका छन्।

काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा राजनीतिक दस्तावेज ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रस्तुत गर्दै थापाले उम्मेदवार छनोटमा केन्द्रको हस्तक्षेप अन्त्य गर्न प्राइमरी निर्वाचनको व्यवस्था प्रस्ताव गरेका हुन्।

उनको प्रस्तावअनुसार निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले पार्टी सदस्यको समर्थनसँगै समर्थक तथा शुभेच्छुकको सहभागिता र सार्वजनिक मतसर्वेक्षणबाट समेत अनुमोदित हुनुपर्नेछ। उम्मेदवार छनोटको आधारमा आर्थिक क्षमता, नेतासँगको निकटता वा पहुँचभन्दा योग्यता, सामुदायिक योगदान, नैतिक आचरण र पार्टी सदस्यको मतलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ।

थापाले टिकट प्राप्त गर्न काठमाडौं धाउनुपर्ने र शीर्ष नेताको घरदैलो गर्नुपर्ने पुरानो अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन्। उम्मेदवारीलाई नेताको कृपा वा आर्थिक सामर्थ्यको परिणाम बन्न नदिने उनको प्रस्तावमा उल्लेख छ।

त्यस्तै, कांग्रेसको सभापतिसहित पार्टी नेतृत्व चयनमा पनि महाधिवेशन प्रतिनिधिको सीमित मतभन्दा बाहिर गएर करिब ९ लाख पार्टी सदस्यलाई प्रत्यक्ष सहभागी गराउने प्रस्ताव थापाले अघि सारेका छन्। नीति, विचार निर्माण, उम्मेदवार छनोट तथा नेतृत्व चयनमा सदस्यको प्रत्यक्ष सहभागिता बढाउनुपर्ने उनको जोड छ।

थापाले पार्टी सदस्यलाई निर्वाचनका बेला मात्र परिचालन गर्ने परम्पराको समेत आलोचना गरेका छन्। निर्णय प्रक्रियामा सदस्यको भूमिका कमजोर राखेर चुनावका बेला मात्र उनीहरूलाई सक्रिय बनाउने अभ्यास परिवर्तन गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ।

पार्टीभित्र परिवारवादको आलोचना भइरहेका बेला थापाले राजनीतिक अवसरलाई पारिवारिक उत्तराधिकारका रूपमा हस्तान्तरण गर्ने प्रवृत्तिको पनि विरोध गरेका छन्। पारिवारिक निकटतालाई योग्यता र योगदानको विकल्प बनाउन नहुने उनको धारणा छ।

१५औँ महाधिवेशनमा प्रस्तुत थापाको प्रस्तावले कांग्रेसको उम्मेदवार छनोट, नेतृत्व चयन र आन्तरिक निर्णय प्रक्रियालाई प्रत्यक्ष तथा सहभागितामूलक बनाउने लक्ष्य लिएको छ। प्रस्तावमाथि अब महाधिवेशनको बन्दसत्रमा छलफल हुने छ।