१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव News Polar वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछः पर्यटनमन्त्री पौडेल News Polar ब्याजदरको भारले थिचिएको वायुसेवा निगम, सरकारबाटै उठ्न बाँकी छ साढे १३ करोड News Polar जलवायु परिवर्तनले पुल निर्माणको पुरानो मापदण्ड बदल्नुपर्ने अवस्था आयो : सडक महानिर्देशक जैसी News Polar रुग्ण परियोजनाको प्रगतिमा तीव्रता, ६ महिनामै भौतिक प्रगति ५० प्रतिशत नाघ्यो News Polar विपद्पछि पुनर्निर्माणको मापदण्ड फरक–फरक हुनुपर्छ : डा. उप्रेती News Polar गुल्जार हुने कागबेनीधाम गुमनाम News Polar कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधि विभाजन News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल

एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास

एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास
अ अ+ अ-

ललितपुर । चाडबाड नजिकिएसँगै भान्सामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने आगलागीको जोखिम न्यूनीकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको सुरक्षित प्रयोग तथा ग्यास चुहावटबाट हुने जोखिम नियन्त्रणका उपायबारे व्यावहारिक जानकारी दिइएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले एलपीजी ग्यासको प्रयोगमा हुने सामान्य लापरबाहीले ठूलो जनधनको क्षति निम्त्याउन सक्ने भएकाले सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले सिलिण्डरलाई घाममा राख्ने, तेर्सो पारेर प्रयोग गर्ने तथा कमजोर पाइप प्रयोग गर्ने जस्ता गलत अभ्यासले आगलागीको जोखिम बढाउने बताउनुभयो ।

नगर प्रहरी तथा प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने उपायबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रशासकीय अधिकृत गणेश अधिकारीलगायत सहभागीले सिलिण्डरको सुरक्षित प्रयोग तथा आगलागी नियन्त्रणसम्बन्धी व्यावहारिक अभ्यास गरेका थिए ।

प्रजिअ घिमिरेले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यले आगलागी नियन्त्रण तथा सुरक्षासम्बन्धी आधारभूत सीप सिक्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले ग्यासको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा सबै सचेत हुनुपर्ने भन्दै घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा अग्निनियन्त्रक सामग्री राख्न र नियमित रूपमा जाँच तथा रिफिल गर्न आग्रह गर्नुभयो ।

‘विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो, ‘आजको अभ्यासले आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा नियन्त्रण गर्ने भन्ने व्यावहारिक ज्ञान दिएको छ ।’

उहाँले सिकेको ज्ञान घर, कार्यालय र समुदायसम्म पुर्‍याउन सके मात्रै कार्यक्रमको वास्तविक उद्देश्य पूरा हुने बताउँदै सबैलाई सुरक्षित ग्यास प्रयोग र आगलागी न्यूनीकरणका उपाय अपनाउन आग्रह गर्नुभयो ।