काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारकै मूल्यमा सुनको कारोबार भएको हो।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








