काठमाडौं । नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि संघीय संसद सचिवालयमा बस्ने भएको छ।
मैत्री समूहका संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार बैठक २०८३ असोज १४ गते बिहान ११ः३० बजे संघीय संसद सचिवालयमा बस्नेछ। बैठकमा मैत्री समूहको प्रभावकारिता, नेपाल–क्यानडा संसदीय सहकार्य तथा दुई पक्षीय हितका विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा मैत्री समूहको प्रभावकारिता र आगामी कार्यदिशाका साथै नेपाल–क्यानडा संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ। यस्तै, अन्य विविध विषयमा समेत छलफल गर्ने कार्यसूची रहेको छ।
नेपाल र क्यानडाबीचको संसदीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले बैठक आयोजना गर्न लागिएको हो।








