१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ

घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ
अ अ+ अ-

काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँबाट धेरै परिमाणमा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई चन्द्रागिरिमा बस्दै आएका मदन तामाङ र समीर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार मच्छेगाउँस्थित जस्ताको टहरोमा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलङ्कीबाट खटिएको संयुक्त टोलीले उक्त स्थानबाट ६५० लिटर तयारी मदिरा र चार हजार लिटर मदिरा बनाउन प्रयोग गरिने झोल पदार्थ बरामद गरेको प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त टोलीले मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न भाँडाकुँडा र चुलोसमेत नियन्त्रणमा लिएको छ । बरामद गरिएको घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ स्थानीयवासी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङद्वयलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कलङ्की पठाइएको छ ।