१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह

बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह
अ अ+ अ-
काठमाडौं । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा कन्टेनरसहित चालक तथा सहचालक बेपत्ता भएका घटनामा आवश्यक कागजात र बीमा पोलिसी बुझाउन सम्बन्धित कन्टेनर धनी तथा आफन्तलाई आग्रह गरेको छ।

प्रालिका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बुधबार सूचना जारी गर्दै कन्टेनर बेपत्ता भएको भन्दै नम्बर टिपाएका तर हालसम्म गाडीका कागजपत्र तथा बीमा पोलिसीको प्रतिलिपि नबुझाएका व्यक्तिहरूलाई यथाशीघ्र कार्यालयमा कागजात बुझाउन पुनः अनुरोध गरेका हुन्।

प्रालिले यसअघि पनि पटक–पटक सूचना जारी गरी आवश्यक कागजात तथा बीमा पोलिसीको प्रतिलिपि उपलब्ध गराउन आग्रह गरेको जनाएको छ। तर कतिपय कन्टेनर धनी तथा आफन्तले निवेदन मात्र दिएको र आवश्यक कागजात नबुझाएको प्रालिको भनाइ छ।

कागजात तथा बीमा पोलिसी उपलब्ध नगराउँदा बीमा कम्पनी र सरकारी निकायबाट प्राप्त हुने राहत तथा सुविधाबाट सम्बन्धित व्यक्ति वञ्चित भएमा त्यसको जिम्मेवारी प्रालिले नलिने सूचनामा स्पष्ट गरिएको छ।

प्रालिले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिसँग सम्बन्धित प्रक्रिया अघि बढाउन आवश्यक कागजात तत्काल उपलब्ध गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।