१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन

मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन
अ अ+ अ-

काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी–पहिरोले मनाङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । मस्र्याङ्दी नदी तथा स्थानीय खोलामा आएको बाढीले दर्जनौं घर बगाउनुका साथै सडक, पुल र सञ्चार सम्पर्क विच्छेद भएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद टेकबहादुर गुरुङले मनाङको पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउँदै तत्काल उद्धार तथा राहतका लागि सरकारी टोली परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँका अनुसार बाढीले सदरमुकाम चामे र नासोँ गाउँपालिकाको ताल गाउँमा दर्जनौं घरमा क्षति पुर्‍याएको छ । चामे–खाङसार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने विभिन्न स्थानका मोटरेबल पुलसमेत बगेका छन् ।

विशेषगरी नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमाल आरोहणका लागि गएको टोलीका सदस्यहरू सम्पर्कविहीन भएपछि अवस्था थप गम्भीर बनेको सांसद गुरुङले बताउनुभयो । उहाँका अनुसार २७ जना नेपाली सहयोगीमध्ये दुई जनाको मृत्यु भएको छ भने १४ जना अझै सम्पर्कविहीन छन् । बाँकी ११ जना सम्पर्कमा आए पनि उनीहरूको उद्धारमा सडक तथा पुलपुलेसा क्षतिग्रस्त भएकाले कठिनाइ भइरहेको छ ।

बाढीपहिरोका कारण सडक तथा पुलहरू भत्किएपछि सयौं आन्तरिक तथा बाह्य पर्यटक मनाङका विभिन्न स्थानमा अलपत्र परेको पनि उहाँले बताउनुभयो । वर्षा र हिमपातका कारण हिमाली क्षेत्रमा उत्पादन हुने एकमात्र बाली नष्ट भएपछि जिल्लामा खाद्य संकटको जोखिमसमेत बढेको सांसद गुरुङको भनाइ छ ।

पर्यटनको मुख्य सिजनमै विपत्ति आएकाले पर्यटन व्यवसायीहरूले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो । विद्युत् र टेलिफोन सेवा अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा थप कठिनाइ भइरहेको भन्दै सांसद गुरुङले प्रभावित क्षेत्रमा तत्काल सरकारी टोली पठाएर उद्धार, राहत र अत्यावश्यक सेवा सञ्चालन गर्न माग गर्नुभयो।