१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग

नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग
अ अ+ अ-

काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र डुबानमा परेपछि ११ सयभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले नारायणी नदीको बहाव बढ्दा अमलटारी, सेरी, तमासपुर र बहुवन क्षेत्र उच्च जोखिममा परेको तथा सिङ्गो सुस्ता गाउँ डुबानमा परेको जानकारी दिनुभयो । स्थानीय प्रशासनले २३५ घरधुरीका करिब ११ सय नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे पनि पानीको सतह घटिसक्दा समेत विस्थापितहरू तत्काल घर फर्कने अवस्था नरहेको उहाँले बताउनुभयो ।

सांसद खनालले नदी तटीय क्षेत्रमा बाढी र डुबानबाट भएको क्षतिको गम्भीर समीक्षा गरी सरकारले तत्काल राहतको प्याकेज घोषणा गर्नुपर्ने बताउनुभयो । दीर्घकालीन समाधानका लागि विगतमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले तयार पारेको कटान नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदन झिकाएर कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

बाढीका कारण कालीगण्डकी करिडोरमा समेत क्षति पुगेको र बौदीकाली गाउँपालिका जोड्ने झोलुङ्गे तथा पक्की पुलमा क्षति हुँदा नागरिकको आवतजावत प्रभावित भएको खनालले बताउनुभयो । बौदीकाली–४, ऋचाङको मौलाथरमा गएको पहिरोबाट भएको क्षतिप्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन पूर्वतयारीका साथै विस्तृत अध्ययन गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा सांसद खनालले जोड दिनुभयो।