काठमाडाैँ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन छोरा मनोज, मुकेश र निसान विकको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
पहिरोमा पुरिएका चार जनामध्ये तीन जनाको शव केहीबेरअघि निकालिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।