११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा

३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा
अ अ+ अ-
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकबाट प्रहरीले ३९८ किलो लागूऔषध गाँजासहित स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब १० बजे प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले आकस्मिक जाँच गरिरहेको अवस्थामा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्न खोजेको थियो ।

प्रहरीलाई देखेपछि चालकले गाडी युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले स्कार्पियोको खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ पोकामा ३९८ किलो गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएपछि स्कार्पियो चालक भने फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको जनाएको छ ।

दुर्घटनामा बागमती प्रदेशको कार चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।