८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
अ+ अ-

काठमाडाैँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाघेको हो ।

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिकतर्फ १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ र बाह्यतर्फ १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ दायित्व रहेको छ । जिडिपीका आधारमा आन्तरिक ऋण दायित्व २० दशमलव ६३ प्रतिशत र बाह्य ऋण दायित्व २४ दशमलव ४१ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये भदौ मसान्तसम्ममा ६१ अर्ब पाँच करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ । यो वार्षिक लक्ष्यको ९ दशमलव २८ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा आन्तरिकतर्फ चार खर्ब १० अर्ब र बाह्यतर्फ दुई खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । भदौ मसान्तसम्ममा आन्तरिकतर्फ ५० अर्ब र बाह्यतर्फ ११ अर्ब पाँच करोड रुपैयाँ ऋण उठाइएको कार्यालयले जनाएको छ ।

यस अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा पनि ठूलो रकम खर्च गरेको छ । चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

भदौ मसान्तसम्ममा ऋणको साँवा तथा ब्याज भुक्तानीमा ८५ अर्ब एक करोड छ लाख रुपैयाँ खर्च भइसकेको छ । यो वार्षिक बजेट विनियोजनको २० दशमलव ३४ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनका आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च १ दशमलव २९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।