८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह

बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह
अ+ अ-

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष राजेश उपाध्यायले बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘मुटु’ भएकाले यसलाई अत्यन्तै संवेदनशील र सावधानीपूर्वक व्यवहार गर्न राज्य तथा सरोकारवाला निकायसँग आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष उपाध्यायले आर्थिक मन्दी, लगानीको प्रतिकूल वातावरण, व्यवसायीको खस्कँदो मनोबल र सरकारका नियन्त्रणमुखी निर्णयका कारण वित्तीय प्रणालीमाथि अनावश्यक दबाब सिर्जना भइरहेको बताउनुभयो । प्राकृतिक विपद् र बजारको शिथिलताका कारण बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा पुगे पनि अहिलेको समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।

मानव शरीरमा मुटुले रक्तसञ्चार गरेजस्तै बैंकिङ प्रणालीले अर्थतन्त्रमा पुँजीको प्रवाह गर्ने उल्लेख गर्दै उपाध्यायले बैंकिङ क्षेत्रमा समस्या आए त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने बताउनुभयो ।

उहाँले बैंकिङ क्षेत्र भौतिक सम्पत्तिभन्दा निक्षेपकर्ताको विश्वासमा आधारित हुने भएकाले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बेवास्ता गरेर भ्रम सिर्जना गर्न नहुने बताउनुभयो । निक्षेपकर्ताको विश्वास गुमेमा राम्रो अवस्थामा रहेको बैंकसमेत संकटमा पर्न सक्ने उहाँको भनाइ थियो ।

पछिल्लो समय राजनीतिक दलका नेता, केही व्यवसायी तथा सञ्चारमाध्यमबाट आउने आधारहीन र नकारात्मक टिप्पणीले बैंकिङ क्षेत्रको विश्वासमा असर पार्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकले गर्ने कारबाही, नियम परिवर्तन तथा कानुनी निर्णय गर्दा वित्तीय क्षेत्रको संवेदनशीलतालाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

लगानीमैत्री वातावरण निर्माणका लागि त्रासमुक्त अवस्था आवश्यक रहेको उल्लेख गर्दै उपाध्यायले नीतिगत स्थिरता, कानुनको व्यावहारिक कार्यान्वयन, लगानीको प्रतिफल सुनिश्चितता र व्यवसाय सञ्चालनमा सहजता भएमा लगानीकर्ताको मनोबल बढ्ने बताउनुभयो ।

नेपालमा निजी क्षेत्रका बैंकहरू विस्तार भएपछि आर्थिक रूपान्तरण सम्भव भएको उल्लेख गर्दै उहाँले अहिलेको आर्थिक मन्दीबाट बाहिर निस्कन निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । विदेशमा रहेका नेपाली युवाले पठाउने विप्रेषणले अर्थतन्त्र धानिरहेको उल्लेख गर्दै उहाँले देशभित्रै लगानी र उत्पादन बढाउने नीति आवश्यक रहेकोमा जोड दिनुभयो ।

बैंकिङ क्षेत्रमा अहिले देखिएको समस्या ‘उठ्नै नसक्ने असाध्य रोग’ नभई ‘ज्वरो आएजस्तो’ मात्र भएको उहाँको दाबी छ । नेपाली अर्थतन्त्रमा संरचनात्मक क्षति नभएको उल्लेख गर्दै उपाध्यायले सही नीतिगत मार्ग अवलम्बन गरे बैंकिङ प्रणाली छिट्टै पुरानै लयमा फर्किन सक्ने बताउनुभयो ।

सिबिफिनले वित्तीय क्षेत्र सुधारका लागि राष्ट्र बैंक ऐनमा बैंक सञ्चालकको योग्यता, उमेर हद तथा सामान्य कमजोरीमा हुने कारबाहीको दायरा स्पष्ट र व्यावहारिक बनाउन माग गरेको छ । सानोतिनो त्रुटिमै अयोग्य हुने डरका कारण वित्तीय क्षेत्रका नेतृत्वले आत्मविश्वासका साथ निर्णय लिन नसकेको उपाध्यायको भनाइ छ ।

त्यस्तै, आर्थिक मन्दीका कारण कर्जा जोखिम बढिरहेको अवस्थामा ५ प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्थामा लाग्ने करको अतिरिक्त भार हटाउनुपर्ने उहाँले बताउनुभयो । यस्तो करको अन्तिम भार बैंकमा मात्र नभई सर्वसाधारणको रकममा समेत पर्ने उहाँको दाबी छ ।

बैंकमा थुप्रिँदै गएको गैरबैंकिङ तथा खराब सम्पत्ति व्यवस्थापनका लागि घोषणा गरिएको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको प्रक्रिया पुस मसान्तभित्रै टुंग्याउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

हालैको बाढीपहिरोबाट बैंकका ऋणीहरूको व्यवसाय तथा सम्पत्तिमा ठूलो क्षति पुगेकाले कर्जा भुक्तानीमा समस्या आउने बताउँदै उपाध्यायले प्रभावित ऋणीलाई राहत दिन नेपाल राष्ट्र बैंक र बैंकहरूबीच समन्वय गरी कर्जा पुनर्संरचनाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले बैंकमा रहेको निक्षेपकर्ताको रकम पूर्ण रूपमा सुरक्षित रहेको दाबी गर्दै अर्थतन्त्रमा रहेको सम्भावनालाई उपयोग गर्न नियन्त्रणमुखी सोच त्यागेर विश्वासको वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गर्नुभयो।