७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन

कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन
अ+ अ-

काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले कोरलानाका हुँदै पैठारी भएका मालवस्तुबाट २० दिनमा रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट नेपाल भित्रिने अधिकांश मालवस्तु तथा विद्युतीय सवारीसाधन कोरलानाका हुँदै आयात हुन थालेका हुन् ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाका हुँदै नेपाल भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ । केरुङ नाकाबाट मार्ग परिवर्तन भएर आएका मालवस्तु तथा कोरलानाकाबाट नियमित आयात हुने वस्तुका कारण छोटो अवधिमै ठूलो परिमाणमा राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

रसुवागढी र तातोपानी नाका बन्द रहेकाले चीनबाट हुने आयातका लागि कोरलानाका अहिले प्रमुख वैकल्पिक मार्ग बनेको छ ।

रसुवागढी नाका बन्द हुनुअघि चालु आर्थिक वर्षको साउन र भदौ ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयले रु ५३ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । उक्त ४० दिनको अवधिमा कोरलानाका हुँदै १६३ विद्युतीय सवारीसाधन र १३३ मालवस्तुका कन्टेनर नेपाल भित्रिएका थिए ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल रु तीन अर्ब सात करोड ९३ लाख राजस्व सङ्कलन भएको छ । साउनमा रु २६ करोड ३९ लाख र भदौमा रु दुई अर्ब ८१ करोड ५४ लाख राजस्व सङ्कलन भएको हो ।

साउनमा कोरलानाका हुँदै १०० विद्युतीय सवारीसाधन नेपाल भित्रिँदा रु १७ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो । भदौमा भने एक हजार २५३ विद्युतीय सवारीसाधन नेपाल भित्रिँदा रु एक अर्ब ९३ करोड ९७ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो ।

त्यसैगरी साउनमा ५७ र भदौमा ६९७ मालवस्तुका कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सार कार्यालयले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । उक्त वर्ष कोरलानाका हुँदै तीन हजार २२३ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए।