७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव

रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव
अ+ अ-

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच रहेको असन्तुलन अन्त्य गर्ने गरी सरकारले काम अघि बढाएको बताउनुभएको छ ।

बुधवार मन्त्रालयमा आयोजित सीप तथा रोजगार मेलासम्बन्धी पत्रकार सम्मेलनमा मन्त्री यादवले रोजगारदाताले आवश्यक कामदार नपाउने र कामदारले रोजगारी नपाउने अवस्थाको अन्त्य गर्न ‘जब म्याचिङ’ प्रणालीलाई प्रभावकारी बनाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ‘जब म्याचिङ’मार्फत एक लाख व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले लिएको छ । रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई एउटै मञ्चमा ल्याएर आवश्यकताअनुसार रोजगारीमा जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री यादवले विगतमा मन्त्रालयको प्राथमिकता वैदेशिक रोजगारीमा बढी केन्द्रित रहे पनि अब आन्तरिक रोजगारीलाई पनि प्राथमिकतामा राखेर काम अघि बढाइएको बताउनुभयो । युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले नीतिगत र कार्यक्रमगत सुधार अघि बढाइएको उहाँको भनाइ छ ।

उहाँले २०७१ सालमा राष्ट्रिय रोजगार नीति बने पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन, नियमावली, कार्यविधि र निर्देशिका बन्न नसक्दा आन्तरिक रोजगारीका क्षेत्रमा अपेक्षित काम हुन नसकेको बताउनुभयो ।

आन्तरिक रोजगारी प्रवद्र्धनका लागि राष्ट्रिय रोजगार नीति, २०८३ को मस्यौदामा सम्बन्धित सबै मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसकिएको र अब मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय रोजगार ऐनसम्बन्धी प्रस्ताव पनि सहमतिका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री यादवले चालु वर्ष १२ वटा ‘फ्ल्यागसिप’ रोजगारी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा नीतिगत सुधार अघि बढाइएको छ ।

सरकारले पहिलोपटक सीप तथा रोजगार मेला आयोजना गर्न लागेको जानकारी दिँदै उहाँले यसलाई रोजगारदाता र श्रमिकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने माध्यमका रूपमा अघि बढाइने बताउनुभयो । तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा हरेक वर्ष यस्तो मेला आयोजना गर्ने तथा क्रमशः सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।