७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार

भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार
अ+ अ-

काठमाडौँ:  भोटेकोशी बाढीबाट जनधनको क्षति व्यहोरेका प्रभावित परिवार, बालबालिका, किशोरकिशोरी तथा समुदायमा परेको मानसिक त्रास र भावनात्मक असर कम गर्न नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले राहतसँगै मानवीय तथा मनोसामाजिक सहयोग कार्यक्रम विस्तार गरेको छ।

आरआरएनले जेडिसी अमेरिकाको सहकार्यमा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राहत वितरणसँगै मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचार (पीएफए) सेवा सञ्चालन गरिरहेको जनाएको छ। अघिल्लो साता विदुर नगरपालिका–७ अन्तर्गत तुप्चेमा १०० र सोलेमा ५० गरी १५० परिवारलाई भान्सा सामग्रीका सेट वितरण गरिएको थियो।

आश्विन २ र ३ गते मा विदुर नगरपालिका–७, तुप्चे फाँटस्थित होल्डिङ सेन्टरमा रहेका बालबालिका तथा किशोरकिशोरीका लागि पीएफए तथा मनोसामाजिक सहयोग सत्र सञ्चालन गरिएको थियो। दुई समूहमा सञ्चालन गरिएको कार्यक्रममा १३ किशोरकिशोरी र २३ बालबालिका सहभागी भएका थिए।

सत्रमार्फत उनीहरूलाई आफ्ना भावना तथा अनुभव व्यक्त गर्न सुरक्षित वातावरण प्रदान गर्नुका साथै विपद्पछि उत्पन्न डर, तनाव तथा अन्य भावनात्मक चुनौती सामना गर्न सकारात्मक उपाय विकासमा सहयोग गरिएको आरआरएनले जनाएको छ।

यसअघि चन्देश्वरी माध्यमिक विद्यालयका १५० विद्यार्थीलाई समेत सामूहिक पीएफए सेवा प्रदान गरिएको थियो।

आरआरएनका अनुसार नुवाकोटमा हालसम्म मनोसामाजिक सहयोग कार्यक्रमअन्तर्गत १०६ जना प्रभावित प्रत्यक्ष रूपमा साना समूहका सत्रबाट लाभान्वित भएका छन्। लाभान्वितमध्ये १३ किशोरकिशोरी, २३ बालबालिका, १५ जना सरकारी विद्यालयका शिक्षक र ५५ जना महिला छन्। यसबाहेक चन्देश्वरी माध्यमिक विद्यालयका १५० विद्यार्थीलाई छुट्टै पीएफए सेवा प्रदान गरिएको छ।

बाढीबाट उत्पन्न मानसिक आघात तथा सामाजिक र मनोसामाजिक असरलाई सम्बोधन गर्न आरआरएनले आगामी चरणमा आफ्नो पहुँच थप विस्तार गर्ने योजना बनाएको छ।

विशेषगरी प्रभावित बालबालिका, अपाङ्गता भएका व्यक्ति, उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका घाइते, ज्येष्ठ नागरिक, महिला समूह तथा विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितलाई मनोसामाजिक सहयोग पुर्‍याउने तयारी भइरहेको संस्थाले जनाएको छ।

प्रारम्भिक योजनाअनुसार तीन जिल्लाका स्थानीय तहमा प्रभावित समुदायको आवश्यकता पहिचान गरी राहत, संरक्षण, मनोसामाजिक सहयोग तथा प्रारम्भिक पुनर्लाभका गतिविधि दातृ संस्थासँगको समन्वयमा अघि बढाइने आरआरएनका शिक्षा, पोषण, बालबालिका तथा किशोरकिशोरी सशक्तीकरण विज्ञ भानु पराजुलीले बताउनुभयो।

आरआरएनकी सामाजिक सुरक्षा विज्ञ सौरभा सुवेदीले बाढीपछि भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावित व्यक्तिको मानसिक स्वास्थ्य, सुरक्षा, सम्मान र सामाजिक पुनर्स्थापना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। त्यसैले संस्थाले मनोसामाजिक सहयोगका कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ।

आरआरएनले ‘राहत मात्र होइन, पुनर्लाभ र मनोसामाजिक पुनर्स्थापनासम्म’ भन्ने दृष्टिकोणसहित बाढी प्रभावित समुदायसम्म आफ्नो पहुँच विस्तार गर्दै कामलाई निरन्तरता दिने जनाएको छ।