७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म

आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म
अ+ अ-

लन्डन । दोस्रो नेपाल आदिवासी फिल्म फेस्टिभल (एनआईएफएफमा) २०२६ मा भारतको सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री जी.टी. ढुंगेल (गे त्सेरिङ ढुंगेल) विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।

आयोजकका अनुसार आगामी २७ सेप्टेम्बर २०२६ मा बेलायतमा आयोजना हुने फेस्टिभलमा मन्त्री ढुंगेलको विशेष उपस्थिति रहनेछ। आदिवासी चलचित्र, कला, संस्कृति तथा सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको फेस्टिभलमा उनको सहभागिताले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाउने आयोजकको विश्वास छ।

फेस्टिभलमा सिक्किम आर्ट, कल्चर एन्ड हेरिटेज डेभलपमेन्ट बोर्डका अध्यक्ष सञ्जय राई, सिक्किम म्युजिक, ड्रामा, डान्स एन्ड फिल्म बोर्डका अध्यक्ष तासी छिरिङ भुटिया तथा सिक्किमकी निर्देशक नियारा सुब्बा समेत सहभागी हुने आयोजकले जनाएको छ।

त्यस्तै, नेपाली चलचित्र क्षेत्रबाट राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री मिरुना मगर, अभिनेत्री गौमाया गुरुङ, सृजना निङलेक्खु र पशुपति राई लगायतका कलाकारहरूको समेत उपस्थिति रहनेछ।

आदिवासी कथा, संस्कृति र पहिचानमा केन्द्रित

फेस्टिभलमा आदिवासी समुदायका चलचित्र, कला, संस्कृति, भाषा र पहिचानलाई केन्द्रमा राखेर विभिन्न चलचित्र प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

नेपाल तथा भारतका विभिन्न आदिवासी समुदायका चलचित्रकर्मी, कलाकार तथा सांस्कृतिक व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउँदै आपसी सम्बन्ध र सांस्कृतिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य फेस्टिभलको रहेको आयोजकले जनाएको छ।

दोस्रो एनआईएफएफ २०२६ तथा नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राई रहेका छन् भने फेस्टिभलका निर्देशक तथा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधान रहेका छन्।

फेस्टिभल निर्देशक अरुण प्रधानका अनुसार आदिवासी समुदायका कथा, पहिचान, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

उनका अनुसार फेस्टिभलले आदिवासी चलचित्रकर्मी तथा कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च उपलब्ध गराउनुका साथै चलचित्र र संस्कृतिको माध्यमबाट विभिन्न समुदायबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।