५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन

अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी

अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी
अ+ अ-

काठमाडौं:नेपाल भलिबल लिग (एनभीएल) सिजन–१ को उपाधि विजेता अन्नपूर्ण स्पाइकर किंग्स (ASK) ले आयोजना गरेको ‘गौरवको यात्रा’ ट्रफी टुर अन्नपूर्ण बेस क्याम्प (एबीसी) पुगेर सम्पन्न भएको छ।

ऐतिहासिक उपाधि जितेको खुसी समर्थक तथा सर्वसाधारणसँग साट्ने उद्देश्यले आयोजना गरिएको ट्रफी टुर तीन दिनसम्म विभिन्न स्थान हुँदै अन्नपूर्ण बेस क्याम्प पुगेको हो। ट्रफीलाई सेप्टेम्बर २१ (आइतबार) हेलिकप्टरमार्फत समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प पुर्‍याइएको थियो।

किंग्सका गण्डकी संयोजक पोषण मणि त्रिपाठीको समन्वयमा सुरु भएको यात्रा सेप्टेम्बर १९ मा स्याङ्जा, दमौली र भिमाद हुँदै अघि बढेको थियो। सेप्टेम्बर २० मा बागलुङको प्रसिद्ध कालिका मन्दिरको दर्शनपछि पर्वतको कुश्मा हुँदै पोखरा परिक्रमा गरिएको थियो।

ट्रफी टुरको अन्तिम कार्यक्रममा किंग्सकी अध्यक्ष मीना लिम्बु त्रिपाठी, गण्डकी संयोजक पोषण मणि त्रिपाठी, एग्रो थाई फुड्स तथा एक्सट्रिम इनर्जी ड्रिंककी ब्रान्ड हेड प्रतिशा कर्माचार्य र प्रोडक्सन टोलीका प्रितम नेपालीलगायतको सहभागिता थियो।

अन्नपूर्ण बेस क्याम्पमा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र हिमचुलीलगायत हिमशृङ्खलाको पृष्ठभूमिमा ट्रफी प्रदर्शन गर्दै अन्नपूर्ण हिमालप्रति सम्मान व्यक्त गरिएको थियो।

‘गौरवको यात्रा’ केवल उपाधि उत्सवमा सीमित नभई विभिन्न सामाजिक तथा वातावरणीय सन्देश प्रवाह गर्ने अभियानका रूपमा समेत आयोजना गरिएको किंग्स ले जनाएको छ। यात्रामार्फत ‘गण्डकीको गौरव’, किंग्स रसुवाको साथमा छ’, ‘दुई टोली एक सपना’ र ‘हिमाल र हिमतालहरू बचाऔँ’ भन्ने सन्देश प्रवाह गरिएको थियो।

अभियानले गण्डकी प्रदेशको गौरव, रसुवा बाढीपीडितप्रतिको ऐक्यबद्धता, टोलीबीचको एकता तथा हिमाली वातावरण र हिमताल संरक्षणको सन्देशलाई प्राथमिकता दिएको आयोजकले जनाएको छ।

ट्रफी टुरका क्रममा स्वागत तथा सहभागिता जनाउने समर्थक, स्थानीय बासिन्दा, मन्दिरका भक्तजन, पर्यटन व्यवसायी तथा सहयोगी सबैप्रति ASK ले धन्यवाद व्यक्त गरेको छ।